मकवानपुर थाहानगरका स्वर्गिय शिक्षक कल्याण विक्रम घलानको परिवारलाई आर्थिक सहयोग गरिएको छ । थाहा नगरपालिका वडा नम्बर ८ मा रहेको इन्द्रायणी माविमा अध्यापन गराउने शिक्षक घलानको परिवारलाई थाहानगर शिक्षक महांघको तर्फबाट १ लाख ९६ हजार आर्थिक सहयोग गरेको हो ।

महासंघले थाहानगरमा कार्यरत शिक्षकहरुबाट सहयोग संकलन गरी एकमुष्ट शिक्षक परिवारलाई सहयोग गरिएको थाहानगर शिक्षक महासंघ अध्यक्ष राजाराम कार्कीले बताए । सहयोग हस्तान्तरण कार्यक्रम थाहानगर शिक्षा शाखा संयोजक माधब विक्रम मल्लको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा थाहानगर शिक्षक महासंघ अध्यक्ष राजाराम कार्की, सहसचिब कमला पौडेल, सदस्यहरु बिनोद सुबेदी, छमकला बस्नेतको उपस्थिति रहेको थियो ।

परिवारलाइृ सहयोग रकम हस्तान्तरणका लागि सहयोग गर्ने सम्पूर्णमा शिक्षक महासंघ थाहानगरले आभार व्यक्त गरेको छ ।

पालिका प्रेस
थप जानकारी