फोटोः गणेश विष्ट/पालिका प्रेस

चौथो थाहा गोल्डकप प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । इन्द्रायणी चौर खेल मैदानमा थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजनामा संचालन भैरहेको प्रतियोगिताको २ माघमा सेमिफाइनल समिकरण पूरा भएको हो ।

सेमिफाइनल चरणमा माउन्टेन एफसी, तारुका एफसी, थाहा नगरपालिका तथा पारिजात स्पोर्ट्सले स्थान पक्का गरेका छन । २ माघमा भएको अन्तिम क्वाटरफाइनलमा तारुका एफसीले चन्द्रागिरी स्पोर्ट्सलाई र थाहा नगरपालिकाले थाहा पोलिटेक्निकलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो।

सेमिफाइनल खेलमा माउन्टेन एफसी र तारुका बीच पहिलो सेमिफाइनल हुने छ भने दोस्रो सेमिफाइनल आयोजक थाहा नगरपालिका र पारिजात स्पोर्ट्स बिच हुने आयोजक समितिका सदस्य यादव जंग रायमाझीले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल भने माघ ५ गते हुने आयोजकले बताएको छ। प्रतियोगितामा प्रथम हुनेले नगद २ लाख सहित ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन भने उपबिजेताले १ लाख प्राप्त गर्ने छन ।बिधागत उत्कृष्ट हुने खेलाडिहरुलाई नगद तथा ट्रफी प्रदान गरिने छ।

पालिका प्रेस
थप जानकारी