थाहानगरको इन्द्राायणी खेल मैदानमा जारी चौथो थाहा गोल्डकपको फाइनलमा माउन्टेन एफसी र पारिजात स्मृति पुस्तकालय चित्लाङ फाइनलमा पुगेका छ्न।

३ माघमा भएको सेमिफाइनल खेलमा माउन्टेन एफसीले तारुका एफसी लाई ५–० को गोल अन्न्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गर्यो भने दोस्रो सेमिफाइनल खेलमा पारिजात स्मृति पुस्तकालय चित्लाङले आयोजक थाहा नगरपालिका फुटबल टिमलाई ४–१ को गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।

५ माघमा हुने फाइनल खेलमा विजेताले नगद २ लाख सहित ट्रफी ,मेडल,तथा प्रमाणपत्र प्राप्त गर्ने छन भने उपबिजेताले नगद १ लाख सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन। थाहा नगरपालिकाको आयोजनामा भैरहेको प्रतियोगिता लाई हेटौंडा स्कुल अफ म्यानेजमेन्ट, चन्द्रागीरी हिल्स लिमिटेड ,नेपाल बैंक लिमिटेड, नेपाल आदर्श निर्माण कम्पनी लिमिटेड, यति ब्रुअरी, च्वाइस नेपाल, कृषि बिकास बैंक, महालक्ष्मी विकास बैंक, पालुङ बहुउद्देश्यीय सहकारी संस्थाले प्रायोजन गरेको आयोजकले जनाएको छ।

पुस २६ गते देखि संचालन भैरहेको प्रतियोगितामा १८ टिमले सहभागिता जनाएका थिए ।

पालिका प्रेस
थप जानकारी