हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मिनाकुमारी लामाले सामुदायिक विद्यालयमा अभिभावकहरुको चासो आवश्यक रहेको बताएकी छन् । हेटौंडा – १८ मा रहेको कमला आधारभुत विद्यालयको अभिभावक भेला सहित विद्यालय व्यबस्थापन समिति र शिक्षक अभिभावक संघको पुर्नगठन कार्यक्रमको मंगलबार उद्घाटन गर्दै विद्यालयलाई जिम्मेवार बनाउनका लागि अभिभावकको भुमिका मत्वपुर्ण हुने बताइन् ।

हेटौंडा उपमहानगरपालिकाले सामुदायीक बिद्यालय अव्बल भएको हेर्न चाहेपनि अहिले सम्म सिमित विद्यालयबाहेक अन्यमा त्यस्तो अवस्था नदेखिएकाले विद्यालयमा अध्यापन गराउने शिक्षकलाई जिम्मेवार बनाउन अभिभावक नै आवश्यक रहेको बताइन् । उचित शिक्षा दिनका लागि उपमहानगरले विद्यालय र शिक्षकलाई जिम्मेवार बनाउँन खोजिरहेकोले उक्त कामको लागि अभिभावकको साथ आवश्यक रहेको उनले बताइन् ।

विद्यालयसँग समन्वय र सहकार्य गर्दै उपमहानगरपालिका अघि बढिरहेको भन्दै नगर प्रमुख लामाले विद्यार्थीलाई विद्यालय शिक्षा मात्र होइन घरमा पनि पढ्ने वातावरण अभिभावकले बनाउनु पर्ने उनको भनाई थियो । विद्यालय गएको छ भनेर मात्र घरमा ढुक्क नहुन आग्रह गर्दै नगरप्रमुख लामाले बालबालिकाको गतिविधी, संगत र दैनिकिमा ध्यान दिन जोड दिइन् ।

अभिभावक भेलामा विद्यालयमा प्रधानाध्यापक गोविन्द उप्रेतिले विद्यालयले वर्ष भरी गरेको गतिविधीको बारे जानकारी दिएका थिए । चालु शैक्षिक सत्रबाट कक्षा १ देखि ५ सम्म अंग्रेजी माध्यमबाट अध्यापन सुर गरेको विद्यालयले आगामि शैक्षिक सत्रबाट अंग्रेजी शिक्षालाई माथिल्लो कक्षामा पनि विस्तार गर्दै लैजाने तयारी रहेको बताइएको छ ।

प्रधानाध्यापक उप्रेतीका अनुसार निम्न माध्यमिक तह सम्मको अध्ययन हुने विद्यालयमा अध्यापन गर्ने विपन्न तथा दलित विद्यार्र्थीलाई निःशुल्क विद्यालय पोशाक दिँदै आएको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तोयानाथ तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा–१८ का अध्यक्ष अनिल बानियाँ, हेटौंडा उपमहानगरपालिका शिक्षा शाखा प्रमुख रामचन्द्र खड्का, समाजसेवि नरहरी महत, बिजेन्द्र अग्रवलको आतिथ्यता रहेको थियो ।

पालिका प्रेस
थप जानकारी