मकवानपुरको थाहानगर खेलकुद विकास समितिको आयोजनामा भएको चौथो संस्करणको थाहा गोल्डकपको उपाधि काठमाडौंको माउन्टेन एफसीले हात पारेको छ । थाहा नगरपालिकाको इन्द्राायणी चौर खेल मैदानमा भएको फाइनल खेलमा पारिजात स्मृति पुस्तकालय चित्लाङलाई २–१ को गोल अन्तरले पराजित गर्दै माउन्टेन एफसीले उपाधी हात पारेको हो।

विजेता माउन्टेन एफसीले नगद २ लाख सहित ट्रफी, मेडल तथा प्रमाणपत्र पाएको छ। उपविजेता पारिजातले नगद १ लाख सहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा विजेता तथा उपविजेता टिमलाई थाहानगर प्रमुख विष्णु बहादुर विष्ट तथा उपप्रमुख भरत गोपाली लगायतका अतिथिहरुले पुरस्कार प्रदान गरेका थिए ।

माउन्टेनको जितमा उर्गेन शेर्पा र अमित लामाले १–१ गोल गरेर टिमलाई विजयी बनाए भने पारिजातका याकुवले बदलामा १ गोल गरेका थिए। प्रतियोगितामा हाइस्कोरर पारिजातका सोलोमन हुँदा बेस्टडिफेन्डर माउन्टेनका सबिन खड्का र उत्कृष्ट गोलकिपर माउन्टेनका सागर मगर घोषित भए । प्रतियोगिताको उत्कृष्ट खेलाडी माउन्टेनका अमित लामा हुन सफल भए भने उनै लामा फाइनल प्रतियोगिताको म्यान अफ द म्याच समेत घोािषत भए । । विधागत उत्कृष्ट खेलाडीहरुले नगद ५ हजार सहित ट्रफी हात पारे भने उत्कृष्ट खेलाडीलाई नगद ७ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।

थाहा नगर खेलकुद विकास समितिका संयोजक टिकाराम स्याङ्तानको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण समारोहमा वडा नम्बर १ का अध्यक्ष हेरमान गोपाली, ४ का नारायण लामा, ७ का शिवराज थिङ, ९ का वडा अध्यक्ष तथा खेलकुद विकास समितिका सदस्य राजकुमार बलामी, थाहानगरका पुर्व खेलकुद विकास संयोजक राजेश केसी, पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका सचिव नवराज बिष्ट, नेपाली काँग्रेस थाहानगर सभापति प्रमोदकृष्ण जोशी, नेकपा एमालेका शिवराम थापा, राप्रपा थाहानगर अध्यक्ष नवीन रायमाझी, माओवादी केन्द्रका नगर सदस्य इच्छापुर्ण कार्की, थाहा स्पोर्ट्स एकेडेमीका अध्यक्ष युवराज बिष्ट, थाहानगर उद्योग वाणिज्य संघका उपाध्यक्ष शम्भुसिं कार्कीलगायतका उपस्तिथि रहेको थियो।
थाहा नगरपालिकाको मुख्य प्रायोजनमा वर्षेनी हुने प्रतियोगिता सहयोग गर्ने च्वाइस नेपाल, यति ब्रुअरी, चन्द्रागिरी हिल्स, पालुङ बहुउद्देश्यीय सहकारीलगायतका संघसंस्थाहरुलाई कदरपत्र सहित सम्मान गरिएको थियो। सो अवसरमा खेलकुद प्रतियोगिताभर स्वयंसेवक भई कार्य गर्ने स्वयंसेवकहरुलाई समेत कदरपत्र दिइएको थियो ।

पालिका प्रेस
थप जानकारी