मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ६ बज्रवाराहीको ऐलाखमा नवनिर्मित सतीदेवी माता मन्दिरमा २७ पुसबाट जारी श्रीमद्भागवत सप्ताह ज्ञान माहायज्ञको ६ माघमा समापन भएको छ ।

वाचन पण्डित अच्युत कृष्ण अधिकारी र पण्डित हरिशरण आचार्यबाट वाचन भएका सप्ताह ज्ञान महायज्ञको बागमती प्रदेशका नवनिर्वाचित सांसद तथा पुर्व सामाजिक विकास मन्त्री कुमारी मोक्तानको उपस्तिथिमा समापन गरिएको हो। सप्ताह ज्ञान महायज्ञ समापन समारोहमा थाहा ६ का वडा अध्यक्ष राजेन्द्र भक्त श्रेष्ठ, स्थानीय युवा समाजसेवी इन्द्र बहादुर श्रेष्ठ, पुर्व वडा अध्यक्ष शशिधर सुवेदी, सहकारी अभियान्ता महेश्वर सुवेदी लगायतका उपस्थिति रहेको थियो।

सप्ताह समापन समारोहमा प्रमुख अतिथी मोक्तानले यय क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा सक्दो सहयोग गर्ने वाचा गर्दै आफुलाई मतदान गरि विजयी बनाएकोमा धन्यवाद समेत व्यक्त गरिन् । समारोहमा सुर्य नारायण पुजारी भगवान उप्रेती, दिव्य वाणी माता उर्मिला उप्रेतीको समेत उपस्थिति रहेको थियो। समापन समारोह कार्यक्रम मुल आयोजक समितिका संयोजक नकुल बिडारीको अध्यक्षतामा भएको थियो ।

पालिका प्रेस
थप जानकारी