मकवानपुरको राक्सिराङ गाउँपालिकाले विकट गाउँमा स्वास्थ्य ईकाई स्थापना गरी सेवा सुरु गरेको छ । राक्सिराङ गाउँपालिका–७ स्थित गर्लिङमा ४ माघमा गर्लिङ सामुदायिक स्वास्थ्य ईकाईको उद्घाटन गरिएको छ । गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल र प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले स्वास्थ्य ईकाईको उद्घाटन गरेका हुन् । गाउँपालिकाबाट आवश्यक औषधि तथा फर्निचर उपलब्ध गराई वडा कार्यालयको भवनबाट स्वास्थ्य सेवा सुरु गरिएको हो ।

स्वास्थ्य ईकाईमा अहेब, अनमी र एक जना कार्यालयको दरबन्दी तोकिए पनि अहिले अनमी र कार्यालय सहयोगीले कार्य सुरु गरेका छन् । अहेबको लागि दरखासत आह्वान गरिए पनि दरखास्त नपरेका कारण दरबन्दी पूरा हुन नसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गर्तौलाले बताए । गाउँपालिकाले हरेक वडामा स्वास्थ्य संस्था स्थापना गरी सेवा दिइरहेको छ ।

गाउँपालिकामा एक आधारभूत अस्पताल, स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य सेवा केन्द्र र सामुदायिक स्वास्थ्य ईकाई गरी ११ वटा स्वास्थ्य संस्थामार्फत सेवा दिइरहिएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी