मकवानपुर थाहा नगरपालिका वडा नम्बर ६ ले सार्वजनिक जग्गा अतिक्रमण रोकथामको कार्य शुरु गरेको छ ।

वडा कार्यालयले ६ माघमा सूचना प्रकाशन गरी वडा भित्र सार्वजनिक जग्गाको अतिक्रमण तिव्र हुँदै गैरहेको भन्दै सार्वजनिक जग्गा अतिक्रम रोक्न आग्रह गरेको छ । सुचनामा वडा भित्र सार्वजनिक जग्गा अतिक्रम तिव्र रुपमा भैरहेको र अतिक्रमण कार्य नरोकिएको हुँदा अतिक्रम रोक्न सुचना प्रकाशित गरिएको जनाइएको छ ।

प्रकाशित सूचनालाई अटेर गरि अतिक्रमण नरोकिए कानुनी कारवाही गरिने समेत चेतावनी दिइएको छ । वडा अध्यक्ष राजनभक्त श्रेष्ठको हस्ताक्षर सहित आएको सूचना जारी गरिएको हो । स्थानीय सरकार संचालन ऐन, २०७४ अनुसार स्थानीय सार्वजनिक जग्गा स्थानीय तहले संरक्षण गर्नुपर्ने अधिकार क्षेत्र भित्र रहेको छ । वडा कार्यालयले प्रकाशन गरेको सूचना कानुन संवत रहेको छ ।

 

पालिका प्रेस
थप जानकारी