अब यस वर्षको कात्तिक महिना सकिन दुई दिन मात्र बाँकी छ । पर्सीबाटै मंसिर महिना लाग्छ । मंसिर लाग्दा नलाग्दै लेकबेशीमा ढकमक्क पैयुँ फुलेका छन् । पैयुँ फुलेर वातावरण उल्लासमय भएको छ । तिहारको उमंङ्गलाई सयपत्री र मखमलीले विदाई गर्ने वित्तिकै पैयुँ मुस्कुराएको छ । यद्यपि यो मौसममा मुस्किलले केही वनस्पतिहरु मात्र फुल्छन्।
छोटा हुँदै गएका दिन, मलिन हुँदै शरदको संकेत गरिरहेका घाम र बढ्दै गएको चिसोका बीच गुलाबी–सेतो रंग मिसिएर र कतिपय हल्का सेतो रङमा गुजुमुज्ज भएर फुलेका पैयुँले प्रकृतिको रोमान्चकतालाई कायमै राखेका छन् । प्रकृतिले फरक फरक मौसममा फरक फरक ढङ्गले आफ्नो सुन्दरता हामीसामु पस्किन्छ भन्ने उदाहरण मकवानपुर थाहानगर र आसपासमा ढकमक्क फुलेका पैयुँका फूलले प्रस्तुत गरिरहेका छन् ।
पैयुँ (स्थान विशेष अनुसार उच्चारण र लेखाइ फरक पर्नसक्छ) समुन्द्री सतहबाट १२००–२४०० मिटरसम्मको उचाइमा पाइने पतझर वनस्पति हो। अरु पतझर वनस्पतिको तुलनामा यसका पातहरु छिट्टै (असोज, कार्तिक) झर्छन् र मंसिर महिना लाग्दा नलाग्दै मुस्कुराई हाल्छन् अर्थात फुल्दछन । यो बेलामा पैयुँका रुखमा पात नपलाउँदै ढकमक्क फूल फुल्छन् । फूल वयस्क भएपछि विस्तारै पात पलाउँछन् । यसको यही विशेषताले पैयुँलाई खास बनाएको छ।
कश्मिरदेखी नेपाल, भारत, सिक्किम, भुटान, म्यानमार हुँदै भियतनामका पहाडी क्षेत्रमा पाइने भएकाले नै यसलाई अंग्रेजीमा ‘वाइल्ड हिमालयन चेरी’ भनिएको हो। पैयुँको वैज्ञानिक नाम ‘प्रुनुस सेरासोइड्स’ हो। वनस्पति जगतमा प्रुनुस नामक एक जिनस (वंश) छ जसमा फूल फुल्ने हजारौं वनस्पति पर्दछ्न्। सामन्यतया हामीले सुन्दै आएका आरु, आरुबखडा, खुर्पानी, चेरी, आलमण्ड जिनस प्रनुस अन्तर्गत पर्छन्। प्रनुस एउटा वंश भयो भने यसभित्र धेरै प्रजातिहरु पर्छन् र तिनीहरुका पनि आफ्ना आफ्नै भेराइटीहरु (जात) छन्। फलको प्रकारका आधारमा चेरी पनि प्रुनुस वंशभित्रको एउटा समूह हो जसभित्र धेरै प्रजाति र भेराइटिका वनस्पति पर्छन् र पैयुँ पनि चेरीभित्रै पर्ने एउटा वनस्पति हो।
हेर्नुहोस् फोटोहरुः

























































गणेश विष्ट 











प्रतिक्रिया दिनुहोस्