

मकवानपुर प्रतिनीधिसभा क्षेत्र नम्बर २ का सांसद महेश कुमार बर्तौलाले थाहानगरको पालुङ प्राथमिक स्वास्थ्य केन्द्रको सेवा स्तरोननतकिो विषयमा चासो दिएका छन् । सांसद वर्तौला ८ माघमा स्वास्थ्य केन्द्रमै पुगेर सेवाको विषयमा चासो दिएका हुन् ।
उनले थाहा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामी, पालुङ प्राथमिक स्वास्थ्य केन्द्र अध्यक्ष नारायण लााम, स्वास्थ्य केन्द्र प्रमुख डा. शक्ति चौरसियालगायतसंग छलफल गरेका हुन् । सो अवसरमा स्वास्थ्य शाखा प्रमुख बलामीले विशेषज्ञ सेवा हालको आवश्यकता रहेको औल्याए । उनले स्वास्थ्य केन्द्रमा एम.डी.जि.पी. डाक्टरको सेवा मात्र शुरु गर्न सकेपछि गर्भवती महिलाहरुको अप्रेसन तथा हड्डीसम्बन्धी समस्यालाई लिएर काठमाण्डौंसम्म पुग्नुपर्ने बाध्यताको अन्त्य हुने बताए । उनले स्वास्थ्य केन्द्रमा दन्त उपचार सेवा प्रवाह गर्न नगसकेको बताउँदै सो सेवाका लागि दक्ष जनशक्ति सहयोग गरिदिन आग्रह गरे । थाहानगरको भौगोलिक अवस्थाको कारण बलामीले पोर्टेबल भिडियो एक्सरे मेशिन पनि अहिलेको आवश्यकता रहेको बताए । कार्यक्रममा शव पोष्टमार्टम गर्न सदरमुकाम हेटौंडा पु¥याउनुपर्ने बाध्यता रहेको विषय समेत उठान भएको थियो ।
प्रतिक्रिया दिनुहोस्