जाजरकोटको भेरी नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत र सोही नगरपालिकाको ६ नम्बर वडाका अध्यक्षसहित १३ जना जुवाको खालबाट पक्राउ परेका छन् ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्ती र नेपाली काङ्ग्रेसबाट विजयी सोही नगरपालिकाको ६ नम्बर वडाका अध्यक्ष शशी बुढासहित १३ जना पक्राउ परेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधव श्रेष्ठले बताए ।

भेरी नगरपालिका–४ गैरीखालीस्थित सन्तोष श्रेष्ठको घरबाट बिहान तीन बजे उनीहरू पक्राउ परेका हुन् । उनीहरूको साथबाट २ लाख ५२ हजार एक सय २० रुपैयाँ नगदसमेत बरामद भएको प्रवक्ता श्रेष्ठले जनाएका छन् ।

पालिका प्रेस
थप जानकारी