मकवानपुर थाहा नगरपालिकाको शिक्षा शाखा प्रमुख शोभाकर रेगमीलाई विदाई गरिएको छ । अधिकृत दशौं तहाका रेग्मीले १ पुसमा दिनूभएको राजिनामा स्वीकृत भएपछि उनलाई नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी विदाइ गरेको हो । रेगमीले स्वेच्छिक अवकाश लिएका हुन् । उनको राजिनामा नेपाल सरकार सचिवस्तरको निर्णयबाट पौष ६ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वीकृत गरेको हो ।

पालुङ जेसिज हलमा १९ माघमा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजित घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा रेग्मीको योगदानको चर्चा समेत गरिएको थियो । नगर प्रमुख विष्णु बहादुर विष्टको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा रेग्मीले बिताएको १२ वर्षको अनुभव सुनाउदै आफू वि.सं. २०५७ सालमा विद्यालय निरीक्षकको रुपमा हालको थाहानगरमा पाइला टेकेको स्मरण गर्दै १२ वर्षको कार्यगत अनुभव सुनाएका थिए । रेग्मीले नगरको शिक्षा शाखाका कर्मचारी तथा विद्यालयका प्रधानाध्यापकहरुलाई आफ्नो धरातल र हैसियत नबिर्सन आग्रह गर्दै काम गर्दा कानुन नीति नियम बाहिर गएर नगर्न आग्रह गर्दै शिक्षो सवबेदनसिल क्षेत्रमा खेलवाड नगर्न आग्रह गरे।

नगर प्रमुख विष्टले थाहा नगरपालिकाको शैक्षिक शुद्धीकरणमा शिक्षा शाखा प्रमुख रेगमीले पु¥याएको अतुलनीय योगदानको थाहानगरले सदैव कदर गरिरहने बताए । शैक्षिक क्षेत्रको अभिभावकको रुपमा रेगमीले बनाएको शैक्षिक सुधारको खाका तथा दस्तावेजलाई नगरपालिकाले सदा पालना गरिरहने बताउदै आगामी जीवन परिवार र समाजको निम्ति लागिरहन शुभकामना दिए । कार्यक्रममा नगर शिक्षा समितिका सदस्यहरु, नगर शिक्षा अधिकृत माधव बिक्रम मल्ल, थाहानगर भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु, नगरपालिकाका शाखा प्रमुखहरु कर्मचारीहरुको उपस्तिथि रहेको थियो।

धादिङ जिल्ला गंगाजमुना गाउँपालिका वडा नम्बर ७ स्थायी घर भएका रेग्मी २०५३ सालबाट स्थायी नियुक्ती भै सरकारी सेवामा थिए ।

पालिका प्रेस
थप जानकारी