निजी तथा आवासीय विद्यालय अर्गानाइजेशन नेपाल (प्याव्सन) ले देशैभरि एकैसाथ पूर्व एसईई योग्य परीक्षा १५ माघ विहान ७ बजेदेखि सञ्चालन गरिने भएको छ ।

प्याव्सन आवद्व विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुका लागि सो परीक्षा सञ्चालन गरिन लागेको हो । सो अन्तर्गत मकवानपुरको थाहानगरमा रहेका ६ वटा संस्थागत विद्यालयहरुले पनि परीक्षा सञ्चालन गर्न दुई वटा केन्द्र तोकेर तयारी पूरा गरिसकेको नगर अध्यक्ष सुरेन्द्रमान प्रधानले जानकारी दिए । थाहानगरका हिमालयन इङ्ग्लिस सेकेन्डरी बोडिङ स्कुल, पालुङ भ्याली हार्ट एकेडेमी, पालुङ अङ्ग्रेजी आवासीय विद्यालय र पालुङ मोडर्न इङ्ग्लिस मिडियम स्कुलका लागि सेतीगणेश आधारभूत विद्यालयमा केन्द्र तोकेको छ । सो केन्द्रमा १०३ जना विद्यार्थीहरु सामेल हुनेछन् भने झम्केश्वरी माविका शिक्षक भूमिराज अवस्थीलाई केन्द्राध्यक्षको जिम्मेवारी दिइएको छ ।

यसैगरी बज्रबाराहीमा रहेका इअन एकेडेमी र सरस्वती विद्या मन्दिरका लागि इअन एकेडेमीलाई केन्द्र तोकेको छ । सो केन्द्रमा ३९ जना विद्यार्थी सहभागी हुनेछन् । सो केन्द्रका लागि सुनौला माविका प्रधानाध्यापक कृष्ण प्रसाद लामिछानेलाई केन्द्राध्यक्षको जिम्मेवारी तोकेको छ ।

परीक्षालाई पूर्ण मर्यादित ढङ्गबाट सञ्चालन गरिने नगर अध्यक्ष प्रधानले बताउनु भयो । परीक्षा माघ २३ गतेसम्म सञ्चालन हुनेछ ।

पालिका प्रेस
थप जानकारी