

नेल्टा मकवानपुरले थाहा नगरपालिका अंग्रेजी भाषा शिक्षकहरूको लागि एकदिने प्रश्नपत्र निर्माण कार्यशाला तथा कल्सटर निर्माण कार्यक्रम १३ माघमा गरेको छ । कुन्छालको सुनौलो विकास केन्द्रको सभाहलमा कार्यक्रम भएको हो ।
नेल्टा मकवानपुरका अध्यक्ष संगम चौलागाईंको सभाअध्यक्षतामा भएको कार्यक्रममा अंग्रेजी भाषा विषयका प्रशिक्षक सरोज लामिछाने आधारभूत तथा माध्यमिक विषयका अंग्रेजी विषयको पाठयक्रम तथा, बिशिष्टिरण तालिका अनुरुप विषयगत तथा वस्तुगत प्रश्नपत्र निर्माणको ढाँचा तथा तरिकाका बारेमा छलफल गरिएको थियो । कार्यक्रममा पालिकाका कुल ४९ जना अंग्रेजी भाषा शिक्षकहरूको उपस्थिति रहेको थियो ।
सुनौलो सामुदायिक केन्द्र तथा थाहा नगरपालिकाले सहयोग गरेको कार्यक्रम सुनौलो सिकाइ केन्द्रका अध्यक्ष तथा नेल्टाका सदस्य रूपचन्द्र गोपालीले समन्वय गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्