मकवानपुरको राक्सिराङ गाउँपालिका ५ स्थित बाङदीराङमा खानेपानी तथा सरसफाई योजना स्थानीयलाई हस्तान्तरण गरिएको छ । रिकभर परियोजनाले सीआरएस नेपालको मुख्य आर्थिक सहयोगमा लुमन्ती र सप्रोस नेपालको सहकार्यमा सम्पन्न भएको २८ वटा खानेपानी धारा २० माघमा स्थानीय उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख ललित घलानको प्रमुख आतिथ्यतामा धाराको उद्घाटनपछि उक्त योजना स्थानीय बाङदीराङ खानेपानी तथा सरसफाई योजना समितिलाई हस्तान्तरण गरेका हुन् । खानेपानी योजना अन्तर्गत बाङदिराङका २८ घरधुरीमा खानेपानीको धारा जडान भएको छ । सबैजसो घरधुरीमा धारा पु¥याउने लक्ष्यका साथ खानेपानी योजना सञ्चालन रिकभर परियोजनाले जनाएको छ । खानेपानी, सिचाई, कृषि, आवासको कार्य क्षेत्र बनाउदै आएका सीआरएस नेपाल, लुमन्ती, सप्रोस नेपालको गाउँ बस्तिमा जागरण शिक्षासंगै व्यावसायिक रोजगारी मुलक बनाउन सफल रहेको प्रमुख घलानले बताए । त्यस्तै, खानेपानी तत्कालको लागि समस्या समाधान भए पनि दिर्घकालिन हुने गरि क्षेत्रअधिकार बढाउन समेत आग्रह गरे ।

संस्थाको कुल बजेट १२ लाख ७० हजार ५ सय ६५ र श्रमदान ४ लाख ९० हजार ७ सय २५ रुपैयाँ गरी खानेपानी निर्माणमा जम्मा १७ लाख ६१ हजार २ सय ९० रुपैयाँ लागत लागेको बताईएको छ । पहिले खानेपानीको लागि धाउनु पर्ने हुन्थ्यो, महिला दिदीबहिनीको दैनिकी पानी ओसार्नु मै बित्थ्यो । सीआरएस नेपाल, लुमन्ती र सप्रोस नेपालको सहयोग पछि घरघरमै पानी आएको छ । हाल २८ घरमा ३० वटा धारा संचालनमा आइसकेको छ । धाराबाट खेरा गएको पानीबाट तरकारी बाली लगाएका छौ । समितिको कोषाध्यक्ष रुक्मिणी बर्तौलाले भने ।

त्यस्तै, रिकभर परियोजना मार्फत निर्माण भएको घरको अनुगमन गरिएको छ । जसमा जिल्ला समन्वय समिति, भुकम्प पुनर्निर्माण प्राधिकरण मकवानपुर, राक्सिराङ गाउँपालिका तथा वडा लगायतको टिमले अनुगमन गरिएको छ । समितिको अध्यक्ष हर्कबहादुर मोक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिको उपप्रमुख सानुकाजी लुईटेल, राक्सिराङ गाउँपालिका उपाध्यक्ष बनस्तम थिङ, डिएलपीयु प्रमुख रबिन पाठक, सीआरएस नेपालकी संजिता श्रेष्ठ, सप्रोस नेपालको कार्यक्रम संयोजक भानु लिम्बु, महेश्वर ढकाल, राक्सिराङ ५ नम्बर वडा अध्यक्ष हरिबहादुर प्रजा लगायतको आतिथ्यता रहेको थियो ।

पालिका प्रेस
थप जानकारी