पालुङ बहुमुखी क्याम्पसको २० औं वार्षिकोत्सव तथा परिषद भेला सम्पन्न भएको छ । क्याम्पस अध्यक्ष विष्णु बहादुर विष्ट आदर्शको अध्यक्षता तथा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा पालुङ जेसिजको सभा हलमा परिषद भेला भएको हो । परिषद भेला उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी मन्त्री मोक्तानले थाहानगरको शैक्षिक विकासको धरोहरको रूपमा रहेको पालुङ बहुमुखी क्याम्पसको महत्वोपुर्ण भुमिका रहने हुँदा क्याम्पसको विकासको लागि सक्दो सहयोग गरिरहने बताए ।

उनले शिक्षामा सहयोग जति गरेपनि अपुग हुने बताउदै सामुदायिक क्याम्पस टिकाउन समस्या रहेको तर समस्याको बाबजुद स्थानीयले क्याम्पस टिकाइरहेकोमा धन्यवाद व्यक्त गरिन् । मन्त्री मोक्तानले थाहानगरबाट मन्त्रालयमा नगरको शैक्षिक व्यवस्थापनको सुधारको लागि गएको निवेदन एउटा पनि नकाटियको बताउदै पालुङ क्याम्पसको लागि यो बर्ष पनि सामाजिक विकास मन्त्रालयबाट २५ लाख रुपैयाँ सुरक्षित रहेको बताइन् । मन्त्री मोक्तानले क्याम्पस संचालनको निम्ति नयाँ ढंगले सोच्नुपर्ने बताउदै जटिलताको वाबजुद मेहनतको खाँचो रहेको औल्याउँदै क्याम्पसलाई प्रदेश सरकारबाट निरन्तर सहयोग भइरहने प्रतिबद्धता व्यक्त गरिन् ।

त्यसैगरी परिषद भेलालाई शुभकामना दिदै नारायणी यातायात व्यावसायी संघका महासचिव सरोज खनालले जीवन र जगतलाई बुझ्ने र समाजप्रतिको उत्तरदायित्व हुने शिक्षा नै आजको आवश्यकता भएको औल्याए । उनले आर्थिक अभावले पालुङ क्याम्पस बन्द हुन नदिने बताउँदै प्रविधीमैत्री शिक्षामा जोड दिन आग्रह गरे । शुभकामना मन्तव्य दिदै अर्का अतिथी जनकल्याण माविका प्रधानाध्यापक सानोभाइ कार्कीले २०४८ सालमा एकमत हुन नसक्दा नगरमा क्याम्पस खोल्न पाँच बर्ष ढिलो भएको स्मरण गरे । उनले नजिकको तिर्थ हेला भन्ने उदाहरण ‘पालुङ क्याम्पस’ भएको बताउदै क्याम्पसले गुणस्तरीय शिक्षा दिन्छ भन्ने सबै तिर सन्देश पु¥याउनू आजको आबश्यकता भएको औल्याए । नेकपा एमाले थाहानगरका अध्यक्ष अच्युत्तमप्रसाद ढकालले पालुङमा उच्च शिक्षाको सपना देख्दै क्याम्पस स्थापना गर्नुपर्छ भनेर दिलोज्यान लगाउने तत्कालीन दामन पालुङ आर्थिक विकास समितिका अध्यक्ष वाशुदेव बिष्टको सम्झाना गरे । ढकालले १५ लाखको बजेटमा समेत शिक्षालाई महत्व दिने यहि ठाउँ अहिले १ अर्बको बजेट हुँदा पनि शिक्षा क्षेत्र ओझेलमा परेको बताए । उनले भने–‘यतिका वर्ष बजेट बाँड्यौं, शिक्षालाई कति छुट्टायौँ समिक्षा समिक्षा गरौं ।’

वार्षिकोत्सव समारोहमा क्याम्पस अध्यक्ष विष्णु बहादुर विष्ट आदर्शले आफ्नो वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरे । क्याम्पस प्रमुख राजन मिश्रद्वारा क्याम्पसको वर्तमान अवस्था र भावी योजनाको प्रतिवेदन प्रस्तुत गरे । कार्यक्रममा क्याम्पसका लेखापाल मधुसूदन रायमाझीले आर्थिक प्रतिवेदन प्रस्तुत गरे। भेलालाई क्याम्पस संचालक समिती उपाध्यक्ष श्यामभक्त श्रेष्ठले स्वागत गरेका थिए भने प्राध्यापक कुमार नेगीले कार्यक्रम संचालन गरेका थिए । वार्षिकोत्सवको अवसरमा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, थाहा ४ का वडा अध्यक्ष नारायण लामा, भुमी आयोग मकवानपुरका सदस्य तथा पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका उपाध्यक्ष अरुण रायमाझी, नेपाली काँग्रेस थाहानगर सभापति प्रमोदकृष्ण जोशी, नेकपा एमाले नगर अध्यक्ष अच्युत्तम प्रसाद ढकाल, माओवादी केन्द्र नगर अध्यक्ष बिनोद कुमार लामा, राप्रपा थाहानगर अध्यक्ष नवीन रायमाझी, थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्री, थाहानगर शिक्षा समिती सदस्य सुरेन्द्रमान प्रधान, नारायणी यातायात व्यावसायि संघका महासचिव सरोज खनाल, फरक सोचका अध्यक्ष यादव रायमाझी, लालीगुरास महिला बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रिता प्रधानलगायतका परिषद् सदस्यहरु क्याम्पस संचालक समितिका पदाधिकारीहरु, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, प्राध्यापक, विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

वार्षिकोत्सवको अवसरमा पालुङ क्याम्पसका प्रथम ब्याचका विद्यार्थी नानुमैया प्रधानलाई विद्यावारिधी (पिएचडी) को तयारी गरिरहेको भन्दै सम्मान गरिएको थियो । सो अवसरमा विभिन्न संघसंस्थाले प्रदान गर्ने छात्रवृत्ति समेत प्रदान गरिएको थियो । विषयगत उत्कृष्ट प्राध्यापक गोपाल उप्रेतीलाई अंग्रे्रेजी विषयको लागि र १३ वर्ष क्याम्पस प्रमुखको जिम्मेवारी लिइ क्याम्पसको प्रगतिको लागि खटिएकोमा पुर्व क्याम्पस प्रमुख रामहरी अधिकारीलाई सम्मानित गरिएको छ । उत्कृष्ट विद्यार्थीहरु रेजिना गोपाली र रोजिता बलामीलाई सम्मान गरिएको छ भने क्याम्पसको सुचना प्रवाहमा योगदान पुर्याएकोमा थाहापाटी अनलाइनका सम्पादक शम्भु अधिकारी र क्याम्पसको भौतिक निर्माण कार्यमा योगदान पुर्याय बापत श्रवण लामालाई सम्मान गरिएको छ ।

पालिका प्रेस
थप जानकारी