मकवानपुरको थाहानगरमा रहेको पालुङ बहुमुखी क्याम्पसको २० औं परिषद भेलाले क्याम्पसको अध्यक्षमा पुनः विष्णु बहादुर विष्ट ‘आदर्श’लाई निर्विरोध निर्वाचित भएका छन् । ५ फागुनमा पालुङ जेसिज हलमा भएको भेलाले अध्यक्षमा थाहानगर प्रमुख समेत रहेका विष्ट निर्विरोध भएको निर्वाचन अधिकृत उमेश श्रेष्ठले जानकारी दिए ।
परिषद भेलाले ११ सदस्यीय क्याम्पस संचालक समिती निर्विरोध चयन गरेको छ । समितिको सदस्यहरुमा सहदेव ढकाल, सरोज कुमार खनाल, सगुन कुमार ढकाल, रिता प्रधान, जुजुभाइ प्रधान, केदार कार्की, सुरेन्द्रमान प्रधान, बिमल कुमार ढकाल, सुदर्शन कार्की र मनोज अधिकारी रहेका छन । निर्वाचित भएका पदाधिकारीहरुलाई निर्वाचन अधिकृत उमेश श्रेष्ठ र रमेशमान डंगोलले पद तथा गोपनियताको सपथ गराएका छन् ।
निर्वाचित संचालक समितिको पहिलो बैठक ९ फागुनमा बस्ने र बैठकले अन्य सदस्यहरु समेत मनोनित गर्ने नवनिर्वाचित अध्यक्ष विष्टले जानकारी दिए ।


















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्