मकवानपुरको थाहा नगरपालिकाको वार्षिक खेल क्यालेण्डर अनुसार सञ्चालन हुँदै आएको उपमेयर कप व्याडमिन्टन प्रतियोगिता १८ फागुनबाट हुने भएको छ । यो प्रतियोगिता चौथो संस्करण हो ।

यस वर्षको प्रतियोगितामा थाहामा सामाजिक क्षेत्रमा कार्य गर्दै आएको फरकसोच अभियानले आयोजन ागर्ने भएको छ । प्रतियोगिताका लागि पालिकाले सहयोग गर्ने जनाएको छ । प्रतियोगिता थाहा नगरपालिका वडा नम्बर ४ क्याम्पाडाँडामा रहेको व्याडमिन्टन हलमा हुने आयोजक फरकसोचले बताएको छ । प्रतियोगिमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः २० हजार, १५ हजार र १० हजार नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र पाउने छन् ।

थाहा नगरस्तरीय यस प्रतियोगितामा सहभागिताका लागि फाल्गुण १६ गते समुह दर्ता गर्न आयोजक सूचना जारी गरेको छ ।

पालिका प्रेस
थप जानकारी