मकवानपुर थाहा नगरपालिका वडा नम्बर ६ को उन्मत्तेश्वर महादेव मन्दिर परिसरमा महाशिवरात्रीको अवसर पारेर ६४ शिवलिङ्गको प्राण प्रतिष्ठा ६ फनगुनमा गरिएको छ । सो अवसरमा मन्दिर परिसरमा हवन, लघुरुद्री तथा विशेष पुजाको आयोजना गरिएको थियो ।

एक व्यक्त्ति एक शिव लिङ्ग स्थापना अभियानको क्रममा मनकारी दाताहरुबाट संकलित रकमबाट स्थापना गरिएको ८४ शिवलिङ्ग र मुर्तीहरुको प्राण प्रतिष्ठा गरिएको हो । उन्मत्तेश्वर मन्दिर निर्माण समितीद्वारा आयोजित कार्यक्रममा करिव २० जना पण्डित तथा पुरोहितद्वारा विधिवत मन्त्र पाठ गरी प्राण प्रतिष्ठा गरिएको हो ।

श्री स्वस्थानी व्रतकथा (स्कन्द पुराण) मा उल्लेख गरिए अनुसार चित्रकान्ति र शुवर्ण नदिको संगम स्थलमा अवस्थित यस महादेव मन्दिर माता सतिदेवीको दाहिने घुँडा पतन भए पछि उत्पन्न भएका हजारौँ शिलाहरुले तपस्या गरि महादेवबाट वरदान प्राप्त गरेपछि उत्पती भएको हो । एउटा सानो जलकुण्ड र शिलाको रुपमा रहेको मन्दिरलाई संरक्षण र प्रवद्र्धन गर्नका लागि स्थानीयको सक्रिययतामा १० वर्षदेखि मन्दिर निर्माण समिती नै गठन गरेर मन्दिरको थुप्रै पुर्वाधारहरु निर्माण भैरहेको छ भने विभिन्न देवी देवताको मुर्तीहरु स्थापना गरिएको छ ।

कार्यक्रमको औपचारिक संचालन मन्दिर निर्माण समितीका सचिव कृष्ण प्रसाद लामिछानेले गर्दै मन्दिरको विकास र प्रवर्दन गर्नका लागी आफूहरुको योजना थुप्रै रहेको र हरेक वर्ष विविध पुजापाठ गर्ने र चाँडै सामुहिक व्रतबन्ध समेत गर्ने जानकारी दिए । समितिका अध्यक्ष गुणराज उपाध्याय अर्यालले पुजामा उपस्थित सम्पूर्ण श्रद्धालू भक्तजन र दाताहरुलाई विशेष धन्यवाद व्यक्त गरे ।

पालिका प्रेस
थप जानकारी