जागृत रायमाझीको शब्द संगीतमा रहेको ‘छुकछुक छुकछुक’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। फागुन ६ गते शनिबार ओएसआर युट्युब च्यानलमार्फत् गीत सार्वजनिक भएको हो।
मल्लाज प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको उक्त म्युजिक भिडियोको कथा तथा निर्देशन केदार श्रेष्ठले गरेका छन् भने कार्यकारी निर्मातामा भानुभक्त थापा रहेका छन्। सम्पादन प्रतीक सिंहले सम्पादन गरेको गीतमा सरुन मानन्धरले छायांकन गरेका हुन्।
म्यूजिक भिडियोमा सुरज पण्डित,सबिना गोपाली,सेबिता अधिकारी,शंकर भण्डारी,शक्ति राई,रेजिना बस्नेत,होम बहादुर आचार्य,अदिति आचार्य लगायत कलाकारले अभिनय गरेका छन्। गीतमा देशमा भएको बेथितिले गर्दा लाखौँ युवा वैदेशिक रोजगारीका लागि विदेशीन बाध्य भएको कथालाई प्रस्तुत गरिएको छ।
वैदेशिक रोजगारीको शिलशिलामा विदेश पलायन भएका युवायुवतीलाई नेपालमा अहिले भइरहेको बेथितिको विरूद्ध आवाज उठाउन आह्वान समेत गरिएको छ।
गित सुन्नुस्














































पालिका प्रेस 









प्रतिक्रिया दिनुहोस्