मकवानपुर थाहानगरको पालुङ बहुमुखी क्याम्पसको २० औँ परिषद् भेला पश्चात् गठित क्याम्पस सञ्चालक समितिले विभिन्न निर्णय गरेको छ । ५ फागुनमा निर्वाचित पदाअधिकारीको पहिलो बैठकले सञ्चालक समितिको उपाध्यक्षमा सुरेन्द्रमान प्रधान र कोषाध्यक्षमा विमलकुमार ढकाललाई चयन गरेको सदस्य सचिव तथा क्याम्पस प्रमुख राजन मिश्रले जानकारी दिए ।
बैठकले ७ सदस्यीय सचिवालय समिति गठन पनि गठन गरेको छ । सचिवालयमा अध्यक्ष विष्णु बहादुर विष्ट, उपाध्यक्ष सुरेन्द्रमान प्रधान, कोषाध्यक्ष विमलकुमार ढकाल, सदस्यहरु सुर्दशन कार्की, केदार कार्की, सगुन कुमार ढकाल र सदस्य सचिव राजन मिश्र रहेका छन् । क्याम्पसको विधान बमोजिम सल्लाहकारमा थाहा नगरपालिकामा रहेको प्रमुख ५ दलका अध्यक्ष तथा प्रमुख व्यक्तिहरुलाई तथा निर्वमान अध्यक्ष सहितको ६ जनालाई यस क्याम्पसको सल्लाहकारमा मनोनित गर्ने निर्णय भएको छ । ५ फागुनकै बैठकबाट मनोज अधिकारीको संयोजकत्वमा भौतिक निर्माण समिति उपसमिति गठन भएको छ । उपसमितिमा केदार कार्की र सगुनकुमार ढकाल समेत छन् ।
क्याम्पसको विधान बमोजिमका थाहानगर उधोग बाणिज्य संघका अध्यक्ष, वडा नंम्बर ३ का वडा अध्यक्ष, क्याम्पसका प्राध्यापक ईकाइका अध्यक्ष, स्व.वि.यु.का सभापति, त्रि.वि.का प्रतिनिधिलाई पदेन सदस्य छन् । त्यसैगरी स्रोत मा.वि.का अध्यक्षहरु मध्ये एक जना र थाहानगरमा रहेका सहकारी संस्थाका अध्यक्षहरु मध्येबाट एक जना गरी जम्मा २ जना पदेन सदस्य चयन प्रक्रियाको लागि ४ चैत्रमा क्याम्पसमा सहकारी तथा मा.वि. का अध्यक्षहरुको भेला गरि अन्तरक्रिया तथा छलफल मार्फत चयन गर्ने पनि निर्णय भएको छ ।
सञ्चालक समितिको बैठकले २० औ परिषद् भेला सम्पन्न गर्न सहयोग गर्नुहुने प्रमुख अतिथि बागमती प्रदेशका सामाजिक विकास मन्त्री, थाहा नगरपालिकाका उपप्रमुख, राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, वडा अध्यक्षहरु, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, अभिभावक, प्राध्यापक तथा कर्मचारी, पुर्व विद्यार्थी, विद्यार्थी, शिक्षाप्रेमी तथा क्याम्पसलाई माया गर्ने व्यक्ति, शुभचिन्तकहरुलाई धन्यावद प्रस्ताव पारित भएको सदस्यसचिव मिश्रले बताए ।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्