हेटौंडामा सम्पन्न पाँचौ संस्करणको ‘सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता–२०७९’ मकवानपुर गोल्डकपको उपाधि मनाङ मस्र्याङदी क्लबले हात पारेको छ ।

केहिबेरअघि सम्पन्न फाइनल खेलमा हिमालयन शेर्पा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मनाङले उपाधि हात पारेको हो । निकै प्रतिस्पर्धात्मक रहेको खेलमा मनाङका लागि रोशन रानामगरले खेलको ७७ औँ मिनेटमा गरेको गोल निर्णायक गोल बन्यो ।

उपाधिसँगै मनाङले नगद १५ लाख प्राप्त गर्ने भएको छ भने उपविजेता हिमालयन सेर्पा क्लबले नगद १० लाखसहित शिल्ड प्राप्त गर्ने भएको छ ।

पालिका प्रेस
थप जानकारी