बालमैत्री पालिका घोषणाको तयारीमा जुटेको हेटौंडा उपमहानगरपालिकाले नगर र बिभिन्न वडाहरुका सहजाकर्ता तथा वडाका सम्पर्क व्यक्तीका लागि तालिम सञ्चालन गरेको छ । २०८० सम्म बालमैत्री घोषणाको तयारीमा रहेको उपमहानगरले नियुक्त गरेको १ नगर र १९ वडाका २० जना सहजकर्ता सहित सम्पर्क व्यक्तीहरुलाई वालमैत्री स्थानिय शासन सम्बन्धी क्षमता बिकास तालिम दिएको हो । तालिमका क्रममा सजकर्ताहरुलाई नगरका बिभिन्न वडामा रहेका घरहरुमा रहेको बालवालिकाको तथ्याङक संकलनका क्रममा गर्ने समन्वय तथा सहजिकरणका बिषयमा जानकारी गराइने उपमहानगरका महिला तथा वालवालिका महाशाखा प्रमुख बिष्णुकुमारी लामिछानेले बताइन् ।

उपमहानगरले हाललाई असार मसन्त सम्मका लागि नियुक्त गरेको सहजकर्ता टोलीलाई तालिमसँगै काममा परिचालन गरीने छ । तालिममा हेटौंडा उपमहानगरका प्रमुख तथा वालमैत्री स्थानिय शासन नगर समन्वय समितिका संयोजक मिनाकुमारी लामाले नगरले लिएको लक्ष्यलाई पुरा गर्ने जिम्मेवारी द्रिढताका साथ पुरा गर्न निर्देशन दिइन् । उपमहानगरले दिएको जिम्मेवारीलाई गम्भिर रुपमा लिर्दै समाजरुपान्तरणको काममा सक्रियताका साथ लाग्नु पर्ने बताइन् । उनले अनुशासित र मर्यादित भएर काममा लाग्दै नगरको विकासमा सहयोग पु¥याउने जोड दिइन् ।

उनले कामको गर्ने क्रममा समाजसँगै जोडिनका लागि जनप्रतिनिधीको आवश्यकता रहने भएकाले उनिहरुको सल्लाह सुझाब अनुसार काम गर्न सुझाब दिइन् । जनताबाट अनुमोदित भएको जनप्रतिनिधीलाई अटेर गर्ने काम नगर्न उनको भनाई थियो । उपमहानगरमा जागिर खुवाउन सहयोग गरेको भन्दै आउँनेको कुरा नसुनि आफ्नै क्षमताले छनौंट भई काममा लागेको बुझ्न आग्रह गर्दै परनिर्भर होइन आत्मनिर्भर भएर काममा लाग्न नगर प्रमुख लामाले जोड दिइन् । चार दिन सम्म सञ्चालन हुने तालिममा वालमैत्री शासनका राष्ट्रिय प्रशिक्षक बिष्णुप्रसाद चौरेल प्रशिक्षक रहेका छन् ।

कार्यक्रम हेटौंडा उपमहानगरपालिका हेटौंडा उपमहानगरका प्रमुख तथा वालमैत्री स्थानिय शासन नगर समन्वय समितिका संयोजक मिनाकुमारी लामाको अध्यक्षतामा भएको थियो । उपमहानगरले बालमैत्री नगर घोषणाका लागि १ नगर सहजकर्ता, १९ वडा सहजकर्ता र ३० जना तथ्याङक संकलक गरी ५० जनालाई नियुक्त गरेको छ । सरकारले २०८७ सम्म नेपालललाई बालमैत्री राष्ट्र घोषणा गर्ने लक्ष्य कार्यान्वयनका लागि उपमहानगरले अभियान सञ्चालन गरेको हो । कार्यक्रममा १९ वटै वडाका निर्वाचित सदस्यहरु वडा सम्पर्क व्यक्तीका रुपमा तोकिएको छ ।

कम्यूनिटी एक्सन सेन्टर–नेपालको आयोजनामा तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा भएको कार्यक्रममा नगर वाल अधिकार समितिका सदस्य सुरज बर्तौला, महिला तथा वालवापलिका महाशाखाका बिना थिके सहितको आतिथ्यता रहेको थियो ।

पालिका प्रेस
थप जानकारी