नेकपा (एमाले) का नेता तथा मकवानपुर २ बाट प्रतिनिधि सभामा निर्वाचित साँसद महेश बर्तौलाले सरकारको नालायकीपनको कारण किसानले मल पाउन नसकेको बताएकाछन् । सांसद वर्तौलाले आफ्नो क्षेत्रमा अहिले बाली लगाउने बेला भएको र किसानहरू अनुदानको मल समेत महंगोमा खरिद गर्न बाध्य भएको बताए ।

नेकपा (एमाले) को थाहानगरमा आयोजित, ‘मिसन ग्रासरूट’ अभियानमा बर्तौलाले आफु किसानका लागि मल माग्दै जिल्ला देखी संघिय मन्त्रालयसम्म “किसानलाई मल देउ सरकार” भनेर मन्दै हिडिरहेको स्पष्ट पारे । आफुले संघीय संसदमा पनि ०७९ माघ २९ गते सभामुख र सदन माफत मल मागेका स्मरण गरे । सांसद, बतौलाले आफुले चुनाव जितेर निर्वाचन आयोगबाट प्रमाणपत्र लिनासाथ मल माग्न कृषि सामाग्री कम्पनी तथा साल्ट ट्रेडिङ पुगेको बताए ।

नेकपा (एमाले) ले अहिले देशब्यापी “मिसन ग्रासरुट सञ्चालन गरिरहेको छ। थाहानगरमा यस मिसनमा एमाले केन्द्रिय कमिटी मार्फत खेम लोहनी खटिएकाछन् । पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको सभाहलमा भएको कार्यक्रममा एमाले थाहानगर अध्यक्ष अच्युतम प्रसाद ढकाल तथा पदाअधिकारीहरु र एमाले नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

पालिका प्रेस
थप जानकारी