फाइल फोटो ।

हेटौंडा सामुदायिक आँखा अस्पतालको आयोजनामा तिलगंगा सामुदायिक आँखा अस्पताल पालुङमा तीनदिने निःशुल्क आँखा शिविर १७ फागुनमा शुरु भएको छ ।

थाहा नगरपालिका र पालुङ जेसीजको स्थानीय ब्यवस्थापनमा भएको शिबिरमा ९७ महिला र ६६ पुरुष गरी १ सय ६३ जनाको आँखा परिक्षण गरिएको पालुङ जेसीज वर्ष २०२३ का महासचिब सञ्जय गोपालीले जानकारी दिए । शिबिरमा थाहा नगरपालिका, इन्द्रसरोबर गाउँपालिका, कैलाश गाउँपालिका लगायतको क्षेत्रबाट आँखाका बिरामीहरुले सेवा लिएका थिए ।

आँखा परीक्षणबाट मोतियाबिन्दुको लक्षण देखिएका बिरामीहरुको पालुङमै बिहिबार र शुक्रबार निशुल्क अप्रेसन गरिने तिलगंगा सामुदायिक आँखा अस्पताल पालुङकी प्रमुख बिनी महर्जनले बताइन् । आँखाको जटिल उपचार गर्नपर्ने बिरामीहरुलाई काठमाण्डौ रिफर गर्ने र काठमाण्डौमा समेत निशुल्क उपचार गरिने उनले बताइन् । शिविरमा पालुङ जेसीज वर्ष २०२३का अध्यक्ष संगम कार्की महासचिव सञ्जय गोपाली, कोषाध्यक्ष माधब कार्की लगायतले सहजीकरण गरेका थिए । शिविरमा तिलगंगा आँखा अस्पताल काठमाण्डौंका चिकित्सकको टोलीले आँखा परीक्षण गरिरहेका छन् ।

पालिका प्रेस
थप जानकारी