नेपाल उद्योग वाणिज्य महासंघ, बागमती प्रदेशको कोषाध्यक्षमा मकवानपुर थाहानगरका कविराज खत्री कोषाध्यक्ष पदमा निर्वाचित भएका छन् । २४ फागुनमा हुने महाधिवेशनका लागि कोषाध्यक्ष पदका लागि खत्रीको मात्र उमेद्वारी दर्ता भएपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।

१८ फागुनमा हेटौंडामा मनोनयन दर्ता भएको हो । खत्री यसअघि बागमती प्रदेश सदस्य थिए । उनी थाहानगर उद्योग वाणिज्य संघको सभापति हुन् । बागमती प्रदेशमा २७ वटा उद्योग वाणिज्य संघ रहेका छन् । महासंघको प्रदेश अधिवेशन हेटौंडाको होटल एभोकाडोमा २४ फागुनमा हुँदै छ ।

पालिका प्रेस
थप जानकारी