प्रसिद्ध ऋृषेश्वरमा दुईदिने विश्वशान्ति बौद्ध पुजा सकिएको छ । १६ र १७ फागुनमा पवित्र धार्मिक स्थलको रुपमा परिचित ऋषेश्वरको प्रचारप्रसार र महत्व दर्शाउने उद्देश्यले आयोजना गरिएको थियो । हेटौंडाका लामा पवन तितुङको प्रमुख भुमिकामा भएको पुजामा विभिन्न स्थानका अवतारी बौद्ध लामा गुरुहरुको उपस्थिती रहेको थियो । ऋषेश्वरमा यो तेस्रो पटक लगाइएको विश्वशान्ति बौद्ध पुजा हो ।

बौैद्ध ऐतिहासिक तिर्थ स्थल संरक्षण तथा सम्वद्र्धन समितिको आयोजनामा पुजा भएको हो । पुजामा अवतारी बौद्ध लामा गुरु टुल्कु साङ्गे सेडुपलाई आमन्त्रित गरिएको थियो। उनले आफ्नो यो दोस्रो जन्म भनेका छन् । पहिलो जन्ममा उनको पार्थिव शरीरको अन्त्योष्टी दामन स्थित ऋषेश्वर मन्दिर क्षेत्रमा गरिएको भनाइ छ । ऋषेश्वर गुम्बाका संरक्षक अनि संचालक छोकी लामाको भनाइ अनुसार–‘उहाँको स्वर्गीय बुवा र उहाँ मिलनसार मित्र हुन् ।’

बौद्ध धर्मको इतिहास अनुसार ऋषेश्वर धाममा प्राचीन कालमा अद्वितीय शक्ति भएको महाज्ञानी, महायोगी बौद्ध तपस्वी, भिक्षु गुरु पद्मसम्भवले ध्यान ग्ी अनेकौं सिद्धीहरु प्राप्ति गरेको विश्वास छ । विश्वशान्ति पुजाको स्थानीय व्यवस्थापन दामन तथा सिमभन्ज्याङ बजार व्यवस्थापन समितिले गरेको हो । समितिले ऋषेश्वर मन्दिरको मुल प्रवेशद्वारदेखि मन्दिरसम्म सरसफाइ गरेको थियो भने स्वयंसेवक परिचालन समेत गरेको थियो ।

पालिका प्रेस
थप जानकारी