मकवानपुर थाहा नगरपालिकामा स्थानीय कराते महासंघ गठन गरिएको छ । शिखरकोटको शंकर होटलमा १९ फागुनमा भएको भेलाले कराते खेलाडी रोशन बलामीको अध्यक्षतामा १३ सदस्यीय थाहा नगरपालिका कराते महासंघको गठन गरिएको हो ।

नवगठित समितिको उपाध्यक्षमा किरण कुमार बलामी, सचिब सम्राट बलामी, कोषाध्यक्ष मानसिं दोङ र सदस्यहरुमा इनेश बलामी, सुशील रुम्बा, मल्लिका खत्री, प्रमिला थोकर, विनिता खत्री, गौरव थापा मगर, सुमित स्याङ्तान, आर्जन भक्त श्रेष्ठ र मेचिना स्याङ्तान रहेका छन् । कराते खेलाडी मानसिं दोङको अध्यक्षतामा भएको भेलामा थाहानगर खेलकुद विकास समिती संयोजक टिकाराम स्याङ्तानको प्रमुख आतिथ्यता रहेको थियो ।

भेलाले जिल्ला कराते महासंघको लागि प्रतिनिधि समेत चयन गरेको छ । जिल्ला महासंघमा रोशन बलामी, मानसिं दोङ, सम्राट बलामी र किरण कुमार बलामीलाई प्रतिनिधि तोकिएको कोषाध्यक्ष दोङले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी