

थाहा नगरपालिका वडा नम्बर ४ ठूलाेमाखुका महिलाहरुले स्थानीय क्षेत्रमा पाइने बाँस र निगालाेकाे सदुपयाेग गरेर आकर्षक हस्तकलाका सामान उत्पादन गरेका छन् । थाहा नगरपालिकाकाे लघु उद्यम विकास कार्यक्रमले प्रदान गरेकाे १५ दिनकाे तालिमसँगै महिलाहरुले बाँस र निगालाेका सामान उत्पादन गरेका हुन् ।
उनीहरुले उत्पादन गरेका सामानहरुमा मुडा, फाेटाे फ्रेम, कलमदानी, फूलदानी र र्याक रहेका छन् । गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत ठूलाेमाखुका १५ जना महिलाहरुलाई स्वराेजगारीका लागि तालिम दिइएको हाे ।
म
तालिमकाे समापनमा लघु उद्यम विकास कार्यक्रमका अधिकृत कुमार नेगी, प्रशिक्षक रामकुमार राई, वडा सदस्य चन्द्रमाया थिङ, लघु उद्यम सहजकर्ता सुनिता बुढा लगायतले व्यवसायिक निरन्तरताकाे लागि महिलाहरुलाई आग्रह गरेका थिए ।
महिलाहरुले उत्पादन गरेकाे सामानकाे विक्री शुरु भएकाे समूहले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्