कैलाश गाउँपालिका स्तरीय अन्तर-वडा प्रथम अध्यक्ष कप नकआउट  रनिङ शिल्ड फुटबल प्रतियाेगिता सुरु भएकाे छ ।

गाउँपालिका अध्यक्ष लाेकबहादुर मुक्तानले रनिङ शिल्ड सार्वजनिक गर्दै प्रतियाेगिताकाे उद्घाटन गरेका थिए । उनले स्थानीय खेलाडीकाे मनाेवल उच्च राख्न खेलकुद क्षेत्रलाई प्राथमिकता दिने बताए । पालिकाले आगामी बर्ष थप खेलका विधाहरु समावेश गर्दै प्रतियाेगिताहरु आयाेजना गर्ने उनले बताए ।

उपाध्यक्ष बालकुमार मल्ल ठकुरिले खेलकुदले आफ्नाे स्वास्थ्यलाई स्वस्थ राख्नुका साथै आफ्नाे गाउँठाउँ र देशलाई चिनाउन समेत याेगदान पुग्ने बताए । उनले कैलाशकाे नाम चिनाउने गरि खेलकुद प्रतियोगिता गर्नुपर्छ भनेर प्रतियाेगिताकाे आयाेजना गरिएकाे बताए ।

वडा नम्वर २ का वडाध्यक्ष तथा सामाजिक विकास समितिका संयाेजक राजेन्द्र घिसिङले प्रतियाेगिता मैत्रीपूर्ण र साैहार्दपूर्ण ढंगले पूरा गर्न खेलाडीहरुलाई अनुराेध गरे ।

कैलाश खेलकुद विकास समिति संयाेजक माेहन वाईवाकाे अध्यक्षतामा उद्घाटन कार्यक्रम भएकाे थियाे । कार्यक्रममा वडा नम्बर ९ का वडाध्यक्ष भुवनसिं घलान,  वडा नम्बर १० का वडाध्यक्ष सुर्य बहादुर भ्लाेन, कालिका मावि नामटारका प्रधानाध्यापक रामप्रसाद कालाखेती, वडा नम्वर ९ का सचिव रामचन्द्र शिवाकोटीकाे उपस्थिति थियाे । प्रतियोगितामा वडा नम्बर ७ का वडाध्यक्ष उदास कुमार भ्लाेनले स्वागत मन्तव्य राखेका थिए ।

प्रतियाेगितामा प्रथम हुनेलाई ६० हजार, द्वितीय हुनेलाई ४० हजार, तृतिय हुनेलाई २० हजार र सान्त्वना १० हजार रुपैंया नगद पुरस्कारकाे व्यवस्था गरिएकाे छ । प्रतियाेगिताकाे विजयीले प्राप्त गर्ने रनिङ शिल्ड ६३ ताेला चाँदीबाट निर्माण गरिएकाे आयाेजकले जानकारी दिएकाे छ ।

उद्घाटन खेलमा वडा नम्वर १० विजयी

कैलाश गाउँपालिका स्तरीय अन्तर-वडा प्रथम अध्यक्ष कप नकआउट  रनिङ शिल्ड फुटबल प्रतियाेगिताकाे उद्घाटन खेलमा वडा नम्वर १० विजयी भएकाे छ । वडा नम्वर १० ले वडा नम्वर २ लाई ४-० गाेलअन्तरले पराजित गरेकाे छ ।

यसैगरी आज भएकाे दाेस्राे खेलमा वडा नम्वर ५ विजयि भएकाे छ । वडा नम्वर ५ ले वडा नम्वर  ७ लाई ३-० गाेलअन्तरले पराजित गरेकाे  कैलाश खेलकुद विकास समिति संयाेजक माेहन वाईवाले जानकारी दिए ।

आइतबार ३ वटा खेल हुने उनले जानकारी दिए । बिहान ८ बजे वडा नम्बर १ र वडा नम्बर ३, दिउँसाे १ बजे वडा नम्बर ८ र वडा नम्बर ९ तथा दिउँसाे ४ बजे वडा नम्वर ४ र शनिवारकाे बिजेता टिम वडा नम्वर ५ बिच प्रतिस्पर्धा हुँदैछ ।

-प्रदेश सञ्चारबाट

पालिका प्रेस
थप जानकारी