

मुक्तककार बिर्खे अन्जानको मुक्तक संग्रह “कठघरामा देश” विमोचन भएको छ । मुक्तक मञ्च मकवानपुरको आयोजनामा ३ चैत्रमा साहित्य संगमको सभाहलमा मुक्तक संग्रह विमोचन गरिएको हो । मुक्तक वाचन नवौँ शृंखला अन्तर्गत मुक्तक मञ्च मकवानपुरका अध्यक्ष डीबी बर्ताैलाको सभाध्यक्ष तथा रौतहटका वरिष्ठ मुक्तककार हरिकृष्ण काफ्लेको प्रमुख आतिथ्यमा कृति विमोचन कार्यक्रम भएको हो ।
समीक्षक तथा मुक्तककार विश्वनाथ सञ्जेलले मुक्तककार बिर्खे अन्जान समालोचक र सर्जक भएर पाठकलाई हेर्नु जटिल विषय रहेको बताए । उनले बिर्खे अन्जानलाई विद्रोही चेत र भुइँमान्छेको विषयलाई उठान गर्ने मुक्तककारको रुपमा परिचित गराए । शल्यक्रिया पहिलो कृति भएपनि मुक्तक संग्रहमा कठघरामा देश पहिलो कृति भएको बताए । मानवीय कमजोरी, सामाजिक विकृति तथा विसङ्गती विरुद्ध मुक्तक लेख्ने बिर्खे अन्जान सशक्त मुक्तककार रहेको सञ्जेलले बताए । सागर तिमल्सिना, सुवास सजल लगायतले अन्जानका मुक्तक वाचन गर्नुभएको थियो ।
कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको पनि उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्