

नेपाल विद्यालय कर्मचारी युनियन थाहानगर कमिटीको ३ चैत्रमा सम्पन्न अधिवेशनले जर्मलाल श्रेष्ठलाई सर्वसम्मत अध्यक्ष चुनेको छ । ११ सदस्यीय कमिटीको उपाध्यक्षमा रोजिना सापकोटा, सचिवमा पुरुषोत्तम गोपाली, कोषाध्यक्षमा राजाराम गोपाली, सह–सचिवमा रत्नमाया महर्जन चुनिएको निर्वाचन अधिकृत भूमिराज अवस्थीले जानकारी दिए ।
कमिटीको सदस्यहरुमा रविन्द्र प्रसाद बिडारी, सञ्जिव बलामी, मङ्गलमाया बल, बाबुकाजी आलेमगर, भावना थापा, अञ्जु मोक्तान, सुनिता थिङ, राजेन्द्र अर्जेल चुनिएकाछन् । मधुसुदन रायमाझीको अध्यक्षतामा भएको अधिवेशनमा प्रमुख अतिथि थाहा नगरपालिकाका प्रमुख बिष्णु बहादुर बिष्टले विद्यालयमा कार्यरत लेखापाल तथा कर्मचारीहरुको समस्यालाई अध्ययन गरि सम्बोधन गरिने बताए ।
प्रतिक्रिया दिनुहोस्