बागमती प्रदेश सरकारले दूधको मूल्य बढाउने तयारी गरेको छ । प्रदेश दुग्ध विकास बोर्डले दूधको मूल्य लिटरमा १० रुपैयाँ बढाउन संघीय कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई सिफारिस गरेको छ । बुधबार बसेको बोर्ड बैठकले मूल्य बढाउन सिफारिस गरेको बोर्डका निमित्त निर्देशक डा. रामप्रकाश प्रधानले बताए ।

खाद्यान्न र दानाको मूल्य बढेको र दूध उत्पादनमा लाग्ने लागतको तुलनामा किसानको खर्च नउठेपछि मूल्य बढाउन सिफारिस गरिएको उनको भनाइ छ । हाल प्रदेशमा प्रतिलिटर ४५ मा गाई र ५५ रुपैयाँमा भैंसीको दूध किसानले बिक्री गरिरहेको उनले बताए । ‘दूध उत्पादनमा चाहिले सबै कच्चा पदार्थको मूल्य बढ्यो तर किसानले पाउने मूल्य बढेन,’ निमित्त निर्देशक प्रधानले भने, ‘कृषि पेसाबाट किसान पलायन रोक्न पनि मूल्य बढाउन जरुरी छ ।’

प्रदेशमा ३ वर्षदेखि दूधको मूल्य नबढेको पनि उनले बताए । किसानका लागि बढाउने मूल्यले उपभोक्तामा थप असर नपर्ने गरी निर्णय गर्न संघीय मन्त्रालयलाई आग्रह गरिएको उनले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी