नेपाल निजामती कर्मचारी युनियन, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सम्पन्न आठौँ विभागीय अधिवेशनले यमप्रसाद तिवारीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

तिवारी दोस्रो कार्यकालका लागि सर्वसम्मत रूपमा पुनः निर्वाचित भएका हुन् । समितिको उपाध्यक्ष (खुला)विष्णुप्रसाद बराल, उपाध्यक्ष (महिला) उमा श्रेष्ठ, उपाध्यक्ष (समावेशी) डम्बरकुमार श्रेष्ठ, सचिव मधुसूदन भट्टराई, सहसचिव हिमालप्रसाद आचार्य, कोषाध्यक्ष पुष्कर मानन्धर चयन भएका छन् । यसैगरी समितिको खुला र समावेशी सदस्यमा कृष्णप्रसाद गौतम, शिवराम खड्का, यशोदा अर्याल, मनोज राउत, अमिर महर्जन, रेनुका सुवेदी, श्रीहरी पुडासैनी, राजनलाल श्रेष्ठ, झलकबहादुर कार्की रहेका छन् । केन्द्रीय महाधिवेशन प्रतिनिधिमा कृष्णप्रसाद पौडेल र प्रदीपराज भण्डारी निर्वाचित भएका छन् ।

निर्वाचन समितिका संयोजक सन्तोष दाहाल र सदस्य सन्तोष पौडेलले आजै नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराई बधाई तथा कार्यकालको सफलताको लागि शुभकामना दिएका थिए । अधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले शुभकामना मन्तव्य दिएका थिए । यसैगरी प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार जनार्दन नेपाल, प्रधानमन्त्री कार्यालयका सचिव शिशिरकुमार ढुङ्गानाले अधिवेशनको सफलताको कामना गरेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले नवनिर्वाचित विभागीय कार्य समितिका पदाधिकारीलाई बधाई तथा कार्यकालको सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रममा शुभकामना मन्तव्य प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय आधिकारिक ट्रेड युनियन अध्यक्ष केपी खतिवडाले ट्रेड युनियनहरू सेवा प्रवाहसँग जोडिन आवश्यक रहेको बताएका छन् ।

अहिले सार्वजनिक प्रशासन अत्यन्तै अन्योलग्रस्त अवस्थामा रहेको र यसको निकास तत्काल नआए प्रशासनिक सङ्घीयता नै धरापमा पर्ने अवस्था देखिएको भन्दै अध्यक्ष खतिवडाले गलहत्त्याएर समायोजनमा पठाएका कर्मचारीले कस्तो सेवा प्रवाह गर्छन् र कर्मचारीलाई अदालतसम्म पुर्‍याउनेको खोजी हुनुपर्छ कि हुनुपर्दैन ? भनेर समेत प्रश्न गरेका छन् ।

पालिका प्रेस
थप जानकारी