मकवानपुर थाहा नगरपालिका वडा नम्बर ४ मा रहेको प्रसिद्ध धार्मिक स्थल ऋषेश्वर मन्दिर परिसर र बाटो सरसफाइ गरिएको छ । थाहा नगरपालिका वडा नम्बर ४ किटेनीको सक्रिय युवा क्लबमा आवद्ध युवाहरुले ११ चैतमा सरसफाई कार्यक्रम सञ्चालन गरेका हुन् ।

सरसफाई कार्यक्रममा मन्दिर आउने भक्तजनहरुले समेत सहभागिता जनाएको क्लवका कृष्णजी स्याङ्तानले जानकारी दिए । मन्दिर दर्शन गर्न पुग्ने भक्तजनहरुले फालेका पानीका बोतल, प्लाष्टिक, सिसिलगायतका फोहोरहरु संकलन गरी व्यवस्थापनका लागि ऋषेश्वर मोडमा राखिएको सरसफाइमा सहभागी भद्रध्वज गौतमले जानकारी दिए । मन्दिर र सिढीं सफा गरिएको जानकारी दिँदै आउँदो ३० चैतमा ऋषेश्वर मोड सफा गर्ने कार्यक्रम रहेको गौतमले बताए । अहिले जम्मा गरेर फोहोर राखियको ३० गते अर्को चरणको सरसफाइ गरेपछी नगरपालिकाको सेग्रिगेशन हाउस पठाउने उनले जानकारी दिए । मन्दिर प्रवेश गर्ने ठाउँबाटै ठाउँठाउँमा डस्विन राखिने र जथाभावी फोहोर नफाल्न ठाउँ ठाउँमा सुचना बोर्ड राखिने गौतमको भनाइ छ ।

त्रिभुवन राजमार्गको सिमभन्ज्याङ दामन सडक खण्डको ऋषेश्व् मोडबाट एक हजार मिटर पैदल हिडेर पुगिने मन्दिर जिल्लाकै प्रसिद्ध धार्मिक स्थलको रुपमा परिचित छ । दिनदिनै भक्तजनहरुको उल्लेख उपस्थिती हुने धार्मिक स्थल वरपर फोहोर व्यवस्थापन गर्न वडा र नगरले चासो दिनुपर्ने बताइएको छ । यसका लागि मन्दिर संरक्षण समिति गठन गरी अघि बढ्न सके थप मद्दत पुग्ने युवाहरुको सुझाव छ ।

पालिका प्रेस
थप जानकारी