

थाहानगरको कुन्छाल गाउँमा होमस्टे प्रवद्र्धनका लागि तालिम दिइएको छ । लवग्रिन नेपालको आयोजनामा तीनदिनसम्म भएको तालिममा कुन्छाल गाउँका ४० जनाको सहभागिता रहेको थियो ।
सहभागीहरुलाई होमस्टे ब्यवस्थापनका साथै सरसफाई सम्बन्धि पनि तालिम दिइएको छ । तालिममा स्थानीय होमस्टे सञ्चालकहरु तथा बजार व्यवस्थापन समितिका सदस्यहरुको समेत सहभागिता रहेको थियो । तालिमका सहभागीहरुलाई पर्यटन बिज्ञ डाक्टर अलकबाबु प्रसाईं, होमस्टे महासङका पुर्व अध्यक्ष केशव बडाल र थाहानगर स्वास्थ शाखा प्रमुख मेघराज बलामीले सहजी करण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्