

मकवानपुर थाहानगरको बज्रवाराहीमा दोस्रो संस्करणको शहीद सुनिता स्मृति जिल्ला स्तरीय भलिबल प्रतियोगिता १५ चैत्रबाट शुरु भएको छ । शहीद सुनिता गोपालीको जन्म जयन्तिको अवसरमा शहीद सुनिता स्मृति प्रतिष्ठान बज्रवाराहीले प्रतियोगिता आयोजना गरेको हो ।
थाहानगरको वाराही चौर खेल मैदानमा भएको खेलको थाहा नगरपालिकाका प्रमुख विष्णु बहादुर बिष्टले उद्घाटन गरे । प्रतियोगितामा मकवानपुर जिल्लाका १३ टिमको सहभागीता रहेको छ । प्रतियोगिताका विजेताले नगद ५२ हजार तथा उपबिजेताले नगद २६ हजारसहित शिल्ड मेडल र प्रमाणपत्र पाउनेछन ।
प्रतिक्रिया दिनुहोस्