मकवानपुर थाहा नगरपालिकाको जनकल्याण र मत्स्यनारायण मावि परीक्षा केन्द्रमा १७ चैत्रबाट शुरु हुने एसइई परीक्षाको तयारीको विषयमा छलफल भएको छ । परीक्षा केन्द्रको व्यवस्थापकीय तयारी स्वरुप १६ चैत्रमा जनकल्याण माविमा बैठक भएको हो । १७ चैत्रबाट देशभर एसइर्य परीक्षा हुँदैछ ।

छलफल कार्यक्रममा जनकल्याण मावि परीक्षाकेन्द्रका केन्द्राध्यक्ष सानोभाइ कार्कीले परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन सबैको सहयोग अपरिहार्य हुने बताए । कार्कीले परीक्षालाई सभ्य एवं अनुशासित बनाउन सुरक्षाकर्मी परिचालन हुने प्रबन्ध मिलाइएको र परीक्षामा कुनै अमर्यादित गतिविधि हुन नदिन सबैलाई अनुरोध गरे । जनकल्याण मावि परीक्षाकेन्द्रबाट २ सय २६ जना विद्यार्थी र मत्स्यनारायण माबी परीक्षाकेन्द्रबाट १ सय २४ विद्यार्थीले परीक्षामा सहभागी जनाउदै छन भने बज्रवाराही माबी परीक्षा केन्द्रबाट २ सय ११ विद्यार्थीले प्ीक्षामा सहभागिता जनाउदै छन।

जनकल्याण मावि परीक्षा केन्द्रका केन्द्राध्यक्ष सानोभाइ कार्कीको अध्यक्षतामा बसेको सर्वपक्षीय छलफल कार्यक्रममा मत्स्यनारायण परिक्षाकेन्द्रका केन्द्राध्यक्ष बिष्णुहरी ढकाल, थाहा नगरपालिका शिक्षा शाखा प्रमुख माधव विक्रम मल्ल, ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख दुर्गा खनाल, विद्यालय व्यवस्थापन समिती मत्स्यनारायणका अध्यक्ष नवराज बिष्ट, जनकल्याणका विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजिव कुमार स्याङ्तान, संचारकर्मी शम्भु अधिकारीलगायत परीक्षामा सहभागी हुने विद्यालयका प्रतिनिधि शिक्षकहरुको सहभागिता रहेको थियो।

परिक्षामा भिमफेदी गाउँपालिका, कैलाश गाउँपालिका र थाहानगरका विद्यार्थी सहभागी हुने छन भने बज्रबाराही परिक्षाकेन्द्रमा इन्द्रसरोवर र थाहाका विद्यालयको सहभागीता रहने छ त्यस्तै बज्रबाराही माबिको परीक्षा केन्द्र भने इन्द्रसरोवर मार्खुमा रहेको सरस्वती बालबोधनीमा रहेको बज्रवाराही माबिका केन्द्राध्यक्ष रमेशमान डंगोलले जानकारी दिए । जिल्लाका १ सय सामुदायिक र ३८ वटा संस्थागत गरी १ सय ३८ वटा विद्यालयमा १० कक्षामा अध्ययनरत बिद्यार्थीहरुले एसईईका परीक्षा आवेदन फराम भरेका छन् । गत वर्षको तुलनामा मकवानपुरबाट एसईईको परीक्षा आवेदन फराम भर्ने परीक्षार्थीको संख्या यसवर्ष करिब एक हजार जना घटेका छन् । एसईईको लागि जिल्लामा २५ केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले जनाएको छ ।

 

पालिका प्रेस
थप जानकारी