थाहा नगरपालिका वडा नम्बर ४ मा संचालन भएको खैजडी भजन तथा वाद्यवाधन प्रशिक्षण कार्यक्रम सकिएको छ । महिलाहरुलाई लक्षित गरी २ फागुनबाट हुरु भएको प्रशिक्षण २० चैतमा सकिएको हो । लोप हुँदै गैरहेको धार्मिक कार्यमा गाइरहने खैजडी भजनलाई नयाँ पुस्ताका युवा हरुले चासो दिन छाडेपछि खैजेडी भजन समुहले महिलाहरुलाई खैजडी बजाउन र भजन लय हालेर गाउन सिकाएका हुन ।

थाहा खैजडी भजन समुहका सुकदेव रायमाझी, भिमसेन खत्री, कृष्ण बहादुर अधिकारी, चन्द्र बहादुर कार्की, मधु केसी, बासुदेव खत्री र अक्कल बहादुर केसीको टिमले ४५ सम्म भजन सुनाएका हुन् । प्रशिक्षणमा ४ नम्बर वडाको किटेनीका २५ जना महिलाहरुको सहभागीता रहेको थियो । भजनमा सैद्धान्तिक र प्रयोगात्मक दुवै विधि अपनाइएको थियो । किटेनीको घलेडाडामा अवस्थित किरातेश्वर महादेव मन्दिरको पाटिमा निरन्तर अभ्यासमा जुटिरहेका महिलाहरु भजन गाउन र वाद्यपादन प्रयोगमा सीपालु भएका छन् ।

तालिम समापन समारोहका प्रमुख अतिथी तथा थाहा नगरपालिकाका उपरमुख भरत गोपालीले महिलाहरुको भजन प्रस्तुतिमा आफै खैजडी बजाउदै नाचेका थिए । उनले भने–‘महिला दिदी बहिनीको धर्म सस्कृती जगेर्नाको यो कार्यले थाहानगरले नयाँ पहिचान पाएको छ ।’ उपप्रमुख गोपालीले खुशी व्यक्त गर्दै थाहा नगरपालिका भन्ने वित्तिकै ऋषेश्वर महादेव, गोरखनाथ, चित्लाङ, दामन भनेर चिनिन्थ्यो अब अर्को चिनारी महिला खैजडी भजन थपिएको बताए । उनले महिलाहरुको भजनप्रतिको आकर्षण र प्रयोग जति प्रशंसा गरेपनी नपुग्ने बताउदै धर्म संस्कृति संरक्षणमा थाहानगर सदैव हातेमालो गरेर अगाडि बढ्ने उल्लेख गर्दै नगरपालिकाबाट र आफ्नो व्यक्तिगत तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।

थाहा खैजडी भजन समुहका अध्यक्ष भिमसेन खत्रीको सभाध्यक्षतामा भएको समापन समारोहमा थाहानगर वडा नम्बर ४ का अध्यक्ष नारायण लामा, ३ नम्बर वडाध्यक्ष हिरेन्द्र रायमाझी, थाहा नगरपालिका सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने, उद्योग वाणिज्य संघ थाहानगरका महासचिव सुरेन्द्रमान प्रधान, नेपाली कांग्रेस नगर उपसभापति नवराज कार्की, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष बिनोद कुमार लामा, नेकपा एमाले ४ न वडा कमिटी अध्यक्ष रामराजा केसी, किरातेश्वर जेष्ठ नागरिक मिलनकेन्द्रका निरन्जन अधिकारी, सिताराम दिवासेवा केन्द्रका अध्यक्ष ईश्वर कार्की, फरकसोचका संयोजक यादव रायमाझी, पुर्व जनप्रतिनिधि राजेश केसी, लगायतकाको आतिथ्यता रहेको थियो ।

समापन समारोहकै अवसर पारेर प्रशिक्षार्थी महिलाहरुलाई प्रमाणपत्र समेत प्रदान गरिए थियो भने प्रशिक्षकहरुलाई सम्मान गरिएको थियो । महिला भजन समुहलाई दामन बालुवा प्रसोधन केन्द्र किटेनीले २२ थान साडी, रघुराम केसीले गुन्यु चोली, नेपाली कांग्रेस ४ न वडा कमिटीले खैजडी राख्ने झोला र थाहानगर ४ नम्बर वडा कार्यालयले प्रमाणपत्र तथा व्यानर सहयोग गरेको थियो ।

पालिका प्रेस
थप जानकारी