मकवानपुर थाहा नगरपालिका वडा नम्बर ४ ले वडाका ५ जना बुहारी विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । छात्रवृत्ति वितरणका लागि २१ चैतमा कार्यवहाक वडाध्यक्ष चन्द्रमायाँ थिङले सूचना प्रकाशन गरेकी छन् ।
सूचना अनुसार आर्थिक रुपले विपन्न तथा जेहेन्दार बुहारी विद्यार्थीले वडा कार्यालयमा निवेदन दिनूपर्नेछ । वडा कार्यालयको २० चैतको बैठकबाट भएको निर्णय अनुसार सूचना प्रकाशन गरिएको वडा सचिव पाल्साङ लामाले जानकारी दिए । सूचनाको म्याद १५ दिन रहेको सचिव लामाले जानकारी दिए । ४ नम्बर वडाभित्र बसोबास गर्ने गरिब बिपन्न तथा जेहन्दार बुहारीका लागि दश जोड दुई र स्थानतक तह अध्ययन गर्न चाहनेका लागि छात्रवत्ती दिइने वडाध्यक्ष नारायण लामाले जानकारी दिए ।
छात्रवृत्तिका लागि निवेदन दिँदा नेपाली नागरिकताको प्रतिलिपी ४ नम्बर वडामा विवाह भई आएको विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपी, शैक्षिक संस्थाको सिफारिस र शैक्षिक प्रमाणपत्र पेश गर्नुपर्ने वडा कार्यालयद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।

















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्