‘स्वास्थ्य मुटुका लागि दौड’ भन्ने नाराका साथ थाहा नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा ३० चैतमा महिला तथा पुरुष खुल्ला दौड प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा सहभागी हुन नगरपालिकाले २३ चैतमा सूचना प्रकाशन गरेको छ ।

प्रतियोगिता अन्तर्गत महिलातर्फ ३ किलोमीटर र पुरुष तर्फ ५ किलोमिटर दुरीमा दौड हुने थाहा नगरपालिकाका सामाजिक विकास अधिकृत अनिल लामिछानेले जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेले नगद १२ हजार, दोस्रो हुनेले ८ हजार र तेस्रो हुनेले ५ हजार शिल्ड, मेडल तथा प्रमाणपत्र पुरस्कार पाउने लामिछानेले जानकारी दिए ।

प्रतियोगितामा सहभागी हुनको लागि थाहा नगरपालिकाको स्थायी बासी हुनुपर्ने, जुनसुकै उमेर समूहको भएपनि सहभागी हुन पाउने, सहभागी हुन निवेदन र नागरिकता वा जन्म र ठेगाना खुल्ने कागजात सहित पेस गर्नुपर्ने शर्तहरु रहेको छ । सहभागी हुनको लागि ३ सय रुपियाँ तिरेर निवेदन दिनूपर्ने र सो बापत आयोजकको तर्फबाट सहभागीलाई टिसर्ट प्रदान गरिने सूचनामा उल्लेख छ । आयोजकले प्रतियोगितामा प्राथमिक उपचार मात्र व्यवस्था गर्ने र इच्छुकले २८ चैतसम्म निवेदन दर्ता गराइसक्नुपर्नेछ । थप जानकारीका लागि थाहानगर खेलकुद विकास समितिका सदस्य यादवजंग रायमाझी र सदस्य सचिव अनिल लामिछानेलाई सम्पर्क गरी बुझ्न सकिने छ ।

पालिका प्रेस
थप जानकारी