सरकारले वडास्तरबाट नै अनलाइन सेवा उपलब्ध गराउने घोषणा गरेको छ । संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमाआगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले यस्तो घोषणा गरेका हुन् ।

शिक्षा स्वास्थ्य विकाश तथा सेवा प्रवाहको क्षेत्रमा सूचना प्रविधिको प्रयोगलाई बढाउने बताउँदै उनले वडास्तरबाट नै अनलाइन सेवा उपलब्ध गराउने बताए। उनले भने,‘सुचना तथा प्रविधिको प्रयोगमा आम नेपालीहरुको पहुँच बढाउनेछौं । सरकारी निकायबाट संचालित अनलाइन प्रणालीहरु मार्फत अन्तर आवद्दता कायम गरि सेवा उपलब्ध गराइने छ । वडा तहबाटनै अनलाइन सेवा उपलब्ध गराइने छ ।’

यस्तैगरी विद्युतिय प्रणाली मार्फत डाटा एक्स्जेन्ज गर्नका निमित्त प्ल्याटफर्म तयार गरिने पनि सरकारको घोषणा रहेको छ ।

पालिका प्रेस
थप जानकारी