हरेक मानिस भित्र रहेको सीपलाई व्यवहारमा उतार्न सके आत्मनिर्भर र स्वरोजागरको अवस्था सिर्जना हुने थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्टले बताएका छन् । थाहानगरको थानाबजारमा घरेलु तथा साना उद्योग कार्यालय हेटौंडाको आयोजना तथा थाहा नगरपालिकाको कार्यालय र थाहानगर उद्योग वाणिज्य संघको समन्वयमा आयोजना गरेको तीन महिने सिलाई कटाई तालिमको समापन समारोहमा नगर प्रमुख बिष्टले यस्तो बताएका हुन् ।

नगर प्रमुख विष्टले हातमा सीप भए कोहि पनि मानिस बेरोजगार बस्नु नपर्ने उल्लेख गरे । उनले तालिममा सिकेको सीपलाई व्यवहारमा उतारेर सहभागीहरुलाई आत्मनिर्भर र स्वरोजगार बन्न आग्रह गरे । कार्यक्रममा उनले सहभागीहरुलाई प्रमाणपत्रलाई राख्ने मात्रै गरियो भने समयको मात्र बर्बाद हुने भएकाले सीपलाई अब हरेक महिलाहरुले व्यवहारमा उतार्न सुझाव दिए । थाहानगर उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान प्रधानले तीन महिनासम्म सिकेको सिपलाई जीवनमा लागु गर्न आग्रह गरे । मानिसलाई सिपले स्वरोजगार बनाउने बताउँदै श्रम र सिपले आयआर्जन गर्न सकिने भएकाले सिप हुने मानिस जहिले पनि समाजमा सम्मानित हुने बताए ।

थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्रीले स्थानियहरुको माग अनुसार तालिम दिएकाले आफुले सिकेको सिपलाई व्यवहारमा उतार्दै व्यवासायिक बन्न आग्रह गरे । खत्रीले थाहानगर उद्योग वाणिज्य संघले आगमी दिनमा थप सिप विकासमा सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा प्रशिक्षक आरती श्रेष्ठले सिलाई कटाई तालिमबाट दक्ष जनशक्ति उत्पादन गर्ने हिसाबले तालिम प्रदान गरीएको बताउदै तालिमले महिला दिदिबहिनीहरुलाई स्वरोजगार, आत्मनिर्भर बन्न र आर्थिक उपार्जनमा समेत महत्वपूर्ण योगदान पु¥याउने बताइन् ।

कार्यक्रमको अध्यक्ष समेत रहेकी घरेलु तथा साना उद्योग कार्यालय हेटौंडाका प्रमुख टीका शर्माले उपस्थित महिलाहरुलाई निर्वाहमुखी सिप सिक्न अग्रसर हुन आग्रह गर्दै महिलाको जीवनस्तर अभिवृद्वि गर्न आउँदो दिनहरुमा यस्तै कार्यक्रमहरु संचालन गर्न आँफुले पहल गर्ने बताइन् । द्दरेलु तथा साना उद्योग कार्यालय हेटौंडाका प्रमुख टीका शर्माको अध्यक्षतामा भएको कार्यक्रममा थाहानगर उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान प्रधान, घरेलु कार्यालयका कर्मचारीहरुलगायतका उपस्थिती रहेको थियो । तालीममा १७ जना महिलाको सहभागीता रहेको थियो भने समापनको अवसरमा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

पालिका प्रेस
थप जानकारी