मकवानपुर थाहानगरकी महिला उद्यमी आरती श्रेष्ठ बागमती प्रदेशकै उत्कृष्ट उद्यमी घोषित भएकी छिन् । सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले श्रेष्ठलाई उत्कृष्ट उद्यमी महिला घोषणा गरेको हो ।

राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत महिला उद्यमशीलता विकास, वित्तिय पहुँच, टेवा पुँजी तथा प्रविधी हस्तान्तरण कार्यक्रम अन्तर्गत श्रेष्ठ छनौट भएकी हुन् । थाहानगर उद्योग वाणिज्य संघ महिला उद्यम विकासकी सभापति समेत रहेकी श्रेष्ठलाई १६ जेठमा मन्त्रालयले प्रदेशको उद्यमी महिलाहरु मध्ये उत्कृष्ट उद्यमी महिलाको रुपमा छनौट गरेको हो ।

आरती लेडिज टेलर्सका प्रशिक्षक समेत रहेकी श्रेष्ठले प्रविधी खरिदको लागि नगद २ लाख पाउने भएकी छिन् । छनौटमा परेकी श्रेष्ठसहितका महिला उद्यमीहरुलाई बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले प्रमाणपत्र प्रदान गरिन् ।

पालिका प्रेस
थप जानकारी