मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले उपभोक्ता समितिका पदाअधिकारीलाई विविध खर्चको आइटम समावेश गरी योजनाको भुक्तानी दिने गरेको खुलेको छ । उपभोक्ता समितिका पदाअधिकारीलाई भुक्तानी विलमा निर्माण कार्य सम्बन्धी आइटमको अलवा खाना र खाजा लगायतका विभिन्न खर्चको समेत भुक्तानी दिएको महालेखापरीक्षकको आर्थिक वर्ष २०७८/०७९ को प्रतिवेदनमा उल्लेख छ ।

पालिकाले उपभोक्ता समिति मार्फत संचालन गरेको योजनाहरुको बिलमा विविध खर्चको बिल भुक्तानी गरेको पाइएको हो । इन्द्रसरोवर गाउँपालिकाले राधाकृष्ण मन्दिर निर्माण, सलेमले हाँशुली सडक स्तरोन्नती, महालक्ष्मीखोला पुल निर्माण लगायतको योजनामा उपभोक्ता समितिको खाजा र खानको बिल समेत भूक्तानी दिएको पाइएको हो ।

व्यवहारिकलाई ध्यान दिई पालिकाको निर्णय अनुसार विविध खर्च समावेश गर्ने गरेको गाउँपालिकाको प्रतिक्रिया छ ।

पालिका प्रेस
थप जानकारी