संघीय सरकारकोे निर्देशनविपरीत मकवानपुरको थाहा नगरपालिकाले १० वैशाखबाट नै पठनपाठन सुरु गर्ने भएको छ ।
थाहा नगरपलिका शिक्षा समितिको ३ वैशाखमा भएको बैठकबाट निर्णय गरी ४ वैशाखमा विद्यालय खुलाउने सम्बन्धी सूचना जारी गरेको छ । सूचना अनुसार पालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा विद्यार्थी भर्ना तथा नियमित पठनपाठन सञ्चालन गर्ने लगायतको ११ बुँदे निर्देशन दिएको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी, भक्तपुरको निर्णय कार्यान्वयन गर्दै शैक्षिक सत्र २०८३ का लागि विद्यालयहरूले विभिन्न शैक्षिक तथा सृजनात्मक कार्यक्रम सञ्चालन गर्दै विद्यार्थी भर्ना र पाठ्यपुस्तक वितरण कार्य सुरु गर्न लागिएको बतायएको छ । संघीय सरकारले भने २१ वैशाखबाट मात्र कक्षा संचालन गर्न निर्देशन दिएको छ ।
नेपालको संविधान अनुसार आधारभूत र माध्यमिक शिक्षा शिक्षा स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्दछ ।

















































पालिका प्रेस 











प्रतिक्रिया दिनुहोस्