मकवानपुर थाहा नगरपालिकाको अर्धवार्षिक वित्तीय प्रगती २७.१४ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षका लागि विनियोजित ९७ करोड ७० लाख ५३ हजार २४१ मध्ये पालिकाले २६ करोड ५२ लाख २७ हजार ८०६ रुपैयाँ खर्च गर्दै यो वित्तीय प्रगती हासिल गरेको हो ।

चालुतर्फको ५६ करोड ९६ लाख ५१ हजार विनियोजित बजेट मध्ये २१ करोड ७५ लाख ७ हजार ४७६ अर्थात ३६.८९ प्रतिशत वित्तीय प्रगती हासिल गरेको छ । त्यसैगरी पुँजीगत तर्फ विनियोजित ३८ करोड ७४ लाख २ हजार २४१ मध्ये ४ करोड ७७ लाख २० हजार ३३० अर्थात १२.३२ प्रतिशत बजेट खर्च भएको छ । नगरपालिकाले प्रत्येक तीन/तीन महिनामा प्रकाशन गर्ने स्वतः प्रकाशन प्रतिवेदनका यस्तो तथ्याङ्क देखिएको हो ।

चालु आर्थिक वर्षका लागि संघीय सरकारबाट प्राप्त हुनुपर्ने ४६ करोड ५४ लाख ३६ करोड १० लाख २ हजार ४५० अर्थात मध्ये ३६ करोड १० लाख २ हजार ४५० अर्थात ७७.५६ प्रतिशत बजेट निकासा भइसकेको छ । संघीय सरकारबाट प्राप्त हुनुपर्ने समपूरक अनुदान पुँजीगततर्फको बजेट नगरपालिकालाई हालसम्म प्राप्त भएको छैन । संघबाट समपूरक अनुदान ४९ लाख प्राप्त हुनुपर्नेछ । विशेष अनुदान १ करोड प्राप्त भएको भएपनि यसतर्फ खर्च शुन्य देखिएको छ । सशर्त पुँजीगत १० लाख २३ हजार निकासा प्राप्त भएको छ । सशर्त चालुतर्फ २८ करोड ८० लाख २९ हजार ४५० अर्थात ९३.५३ प्रतिशत निकासा प्राप्त भएको छ । समानीकरण अनुदान ६ करोड १९ लाख ५० हजार अर्थात ५० प्रतिशत बजेट प्राप्त भएको छ । प्रदेश अन्तर्गत ७ करोड २८ लाख ७ हजार बजेट प्राप्त हुनुपर्नेमा १ करोड ८२ लाख १ हजार ७५० अर्थात २५ प्रतिशत मात्र बजेट निकासा प्राप्त भएको छ ।

पालिकाको चालु आर्थिक वर्षको वार्षिक बजेट मध्ये ४७ करोड ५५ लाख ८५ हजार ४२७ निकासा प्राप्त गरिसकेको छ । यो बजेट स्वीकृत बजेटको ४८.६७ प्रतिशत हो । पालिकाले निकासा भएको मध्ये हालसम्म २६ करोड ५२ लाख २७ हजार ८०६ रुपैयाँ बजेट खर्च गरेको छ । निकासाको तुलनामा पालिकाको बजेट खर्च अनुपात कमजोर देखिएको छ । विनियोजित खर्चमध्ये पुँजीगततर्फको विभिन्न १० शीर्षकको खर्च शुन्य रहेको छ भने चालुतर्फ १८ शीर्षकमा खर्च शुन्य रहेको छ ।

पालिकाको आन्तरिक आम्दानी भने ज्यादै कमजोर छ । २४ करोड ११ लाख ३५ हजार ३५८ लक्ष्य रहेकोमा २ करोड ९६ लाख ९८ हजार ७३३ अर्थात जम्मा १२.३२ प्रतिशत मात्र वित्तिय प्रगती हासिल भएको छ । आन्तरिक आयतर्फ सबैभन्दा बढि सम्पत्ती करमा ५६ प्रतिशत राजश्व संकलन भएको छ । अन्य दस्तुर ४२.७२ प्रतिशत, सिफारिस दस्तुरमा ३९.९७ प्रतिशत राजश्व संकलन भएको छ । भूमी मालपोत ०.०३ प्रतिशत, बहाल कर ३३.५३, बहाल विटौरी ५.८, नक्सापास दस्तुर २१.१७ र व्यवसाय करमा लक्ष्यको १.११ प्रतिशत राजश्व संकलन भएको छ । त्यस्तै कृषि उपज निकासी कर, पर्यटन शुल्क, अन्य कर, प्रशासनिक दण्ड जरिवाना र प्रद्षण नियन्त्रण कर संकलन शुन्य रहेको छ ।

पालिका प्रेस
थप जानकारी