स्वास्थ्य सस्थाहरुको न्युनतम मापदण्ड मापनमा थाहा नगरपालिकाको बज्रवाराही स्वास्थ्य चौकी मकवानपुर जिल्लाकै सर्वोत्कृष्ट घोषित भएको छ । आर्थिक वर्ष २०७९÷८० मकवानपुरका १० स्थानीय तहहरु मध्ये बज्रवाराही स्वास्थ्य चौकी उत्कृष्ट भएको हो ।

त्यसैगरी मकवानपुर जिल्लकै दोस्रो स्थानमा पनि थाहा नगरपालिकाकै आग्रा स्वस्थ्य चौकी र टिस्टुङ स्वस्थ्य चौकी घोषित भएको छ । जिल्लाको थाहा नगरपालिकाको बज्रबारही स्वास्थ्य चौकी पहिलो भएको छ । स्थलगत अवलोकन र मूल्यांकनमा बज्रबारही स्वास्थ्य चौकीले ९७ प्रतिशत अंक प्राप्त गर्दै पहिलो नम्बरमा परेको हो । यसैगरी, थाहाकै टिस्टुङ स्वास्थ्य चौकी र आग्रा स्वास्थ्य चौकी दोस्रो भएको छ । दुबै स्वास्थ्य चौकीले समान ९६ प्रतिशत अंक नै प्राप्त गर्दै दोस्रो नम्बरमा परेको हो । यस्तै हेटौंडा उपमहानगरपालिका ६ स्थित हेटौडा स्वास्थ्य चौकीले ९३ प्रतिशत अंक प्राप्त गर्दै तेस्रो नम्बरमा रहेको छ ।

उत्कृष्ट ४ वटै स्थास्थ्य चौकीहरुलाई हेटौंडामा न्यूनतम सेवा मापदण्ड सम्बन्धी जिल्ला स्तरीय समीक्षा कार्यक्रममा प्रशंसा पत्रसहित २६ जेठमा सम्मान गरिएको हो । कार्यक्रममा स्वास्थ्य कार्यालय प्रमुख एवं वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपकप्रसाद तिवारीले स्वास्थ्य चौकी स्वास्थ्यकर्मी, जनप्रतिनिधि र स्थानीय तहको राम्रो कार्य सम्पादनले उत्कृष्ट हुन सफल हुन सकेको बताए । न्यूनतम सेवा मापदण्ड सम्बन्धी जिल्ला स्तरीय समीक्षा कार्यक्रममा जनप्रतिनिधिहरु, जिल्लाको १० वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख, उत्कृष्ट हुने स्वास्थ्य चौकीका कर्मचारी तथा स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा थाहा नगरपालिकाबाट स्वास्थ्य शाखा प्रमुख मेघराज बलामी, वडा नम्बर ६ का वडाध्यक्ष राजेन्द्र भक्त श्रेष्ठ, ८ नम्बर वडाध्यक्ष हेम कुमार थिङ तथा पुरस्कृत स्वास्थ्य संस्था प्रमुख तथा प्रतिनीधिहरुको सहभागिता रहेको थियो ।

स्वास्थ्य संस्था पुरस्कृतको अवस्थासम्म पुग्नका लागि योगदान दिनूहुने स्वास्थ्य व्यवस्थापन समितिका पदाधिकारी, स्वास्थ्यकर्मी, जनप्रतिनीधि तथा सम्पूर्ण सरोकारवालाहरुलाई स्वास्थ्य शाखा प्रमुख बलामीले धन्यवाद दिदै आभार व्यक्त गरेका छन् ।

पालिका प्रेस
थप जानकारी