उत्कृष्ट काम गरेवापत थाहा नगरपालिकाका ३ जना कर्मचारी पुरस्कृत भएका छन् । नगरपालिकाले सुरजकुमार भुजेल, मेघराज बलामी र पाल्साङ लामालाई पुरस्कार प्रदान गरेकाे हाे ।

थाहा नगरपालिकाकाे दशाैँ नगर सभामा उनीहरुलाई नगद रु. १० हजारसहित पुरस्कार प्रदान गरिएकाे हाे । नगरप्रमुख लवशेर विष्टले उनीहरुलाई सम्मान-पत्र प्रदान गरे ।

नगरकाे सूचना तथा सञ्चार क्षेत्रमा उत्कृष्ट काम गरेकाे भन्दै भुजेललाई, काेभिड नियन्त्रणमा भूमिका खेलेकाे भन्दै बलामीलाई र दुई वडाकाे सचिव भई उत्कृष्ट काम गरेकाे भन्दै लामालाई पुरस्कृत गरिएकाे हाे ।

पालिका प्रेस
थप जानकारी