भारत सरकारले उपहारस्वरूप दिन लागेका मुर्रा जातका राँगा लिन जाने टोलीको टुङ्गो लागेको छ ।

पशु सेवा विभागका महानिर्देशकको नेतृत्वमा राष्ट्रिय पशु प्रजनन केन्द्रको कार्यालय पोखरा, प्रजनन केन्द्र लहान र पशु क्वारेन्टिन शाखाका वरिष्ठ पशु चिकित्सकको टोली भारत जाने भएको हो ।

नेपालको तर्फबाट टोलीको सूची स्वीकृत भइसकेको र भारतले मिति तय गरेर खबर गर्नासाथ त्यसतर्फ जाने विभागले जनाएको छ ।

बाँकेको रुपैडिया नाकाबाट ल्याइने १५ वटा मुर्रालाई तीनवटा सरकारी पशु प्रजनन केन्द्र (फार्म)मा राखिनेछ ।

पालिका प्रेस
थप जानकारी